नेपाल आईडल बाट बाहिरिइन सबैकी प्यारी काउली बुढी



२५ भदौ २०७५, काठमाडौँ

नेपाल आईडल सिजन २ मा आएर सबैको मन जित्न सफल प्रतियोगी काउली बुढी ( सन्ध्या बुढा ) का फ्यानहरुको लागि अत्यन्तै दु : ख को खबर आएको छ । अडिसनमा आए लगत्तै आफ्नो आवाज र गेटअपले सबैको लोकप्रिय बन्न सफल काउली बुढी नेपाल आईडलको थिएटर राउण्डसम्म आईपुगेर आउट भएकी छिन् ।

हुन त उनी अहिले एकदै चर्चित र भाईरल भैसकेकी छिन् । तर पनि दर्शकले उनलाई नेपाल आईडलको यात्रामा निकै माथिसम्म जान्छिन् भन्ने आश गरेका थिए । तर त्यो आश भने पुरा भएन । सन्ध्या बुढाभन्दा पनि काउली बुढीको नामले परिचित उनी गएको हप्ता देखाईएको एपिसोडबाट बाहिरिएकी हुन् ।

नेपाल आईडलबाट आउट भएपनि आफ्नो सांगीतिक यात्रालाई भने आफू कहिले पनि नछोड्ने उनी बताउँछिन् । हेर्दा निकै राम्री काउली बुढीलाई चलचित्रहरुबाट अफर आउन थालिसकेको छ । उनले आफ्नो अभिनय यात्रालाई पनि कहिले पनि नछोड्ने बताएकी छिन् । साथै उनले आउट हुदाँ आफूलाई सबैको नजरमा यतिधेरै लोकप्रिय बनाइदिनु भएकोमा सम्पूर्ण नेपाल आईडल टिमलाई पनि धन्यवाद दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्