गोपी कृष्ण हलमा चलाइएन रामकहानी, अन्य हलहरुमा चलचित्र हेर्न दर्शकको भीड



२२ भदौ २०७५, काठमाडौँ

आज शुक्रबारबाट देशव्यापी रुपमा दुई ठूला ब्यानरका चलचित्रहरु प्रदर्शनमा आएका छन् । अहिलेका निकै चर्चित अभिनेता प्रदिप खड्का स्टारर चलचित्र रोज र नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ स्टारर चलचित्र रामकहानी एकसाथ प्रदर्शनमा आएको छ । दुवै चलचित्र यसबर्षका निकै प्रतिक्षित चलचित्रहरु हुन् ।

रामकहानी र रोज को भिडन्तलाई यो बर्षको सबैभन्दा ठूलो भिडन्त मानिएको छ । किनकी दुवै चलचित्र ठूला ब्यानरमा र नेपालका निकै चर्चित निर्देशकले निर्माण गरेका हुन् । दुवै चलचित्रले उस्तै रेसियोमा हलहरु पाएका थिए । तर अन्तिम चरणमा आएर चलचित्र रामकहानी चावहिल स्थित गोपी कृष्ण हलमा भने प्रदर्शनमा नआउने भएको छ ।

केहिदिन अगाडिसम्म गोपी कृष्णको ठूला हलहरु गोपी कि कृष्णमा चलचित्र रामकहानी चलाईने कुरा थियो तर गोपी कृष्णले चलचित्र रामकहानी नम हलमा मात्र चलाउन दिने भएपछि चलचित्र रामकहानीले गोपी कृष्णमा रामकहानी नचलाउने निर्णय गरेको हो । तर गोपी कृष्ण हलमा रामकहानी नचलाईएको भएपनि देशव्यापी रुपमा रामकहानीले निकै राम्रो व्यापार गरिरहेको छ भने प्रदिप खड्का स्टारर रोज लाई पनि दर्शकले निकै रुचाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्