नेपाल आइडलका बिजेता बुद्ध लामाको पहिलो म्युजिक भिडियो सार्वजनिक



२२ भदौ २०७५, काठमाडौँ

नेपाल आईडल सिजन १ मा आएर आफ्नो कडा परिश्रम र जनताको अथाह माया र भोटका कारण नेपालको पहिलो नेपाल आईडल बन्न सफल प्रतियोगी बुद्ध लामालाई नचिन्ने कमै होलान् । नेपाल आईडलमा आएर बुद्ध विजेता मात्र बनेनन् निकै सफल र चर्चित पनि बन्न सफल भए । आजभोली बुद्धको व्यस्तता यति बढेको छ कि उनलाइ देशविदेशको कार्यक्रममा जान भ्याईनभ्याई छ ।

बुद्ध लामाले गीत पनि रेकर्ड गराईसकेका छन् । तर हालै मात्र उनको आवाज पनि आफ्नै र भिडियोमा पनि आफै रहेको नयाँ गीत सार्वजनिक भएको छ । यो बुद्धले गरेको पहिलो म्यूजिक भिडियो हो । आशुसेन लामाको शब्द संगीत रहेको सानी बोलको गीतमा बुद्ध लामाको आवाज रहेको छ भने गीतमा बुद्ध र बिनितालाई फिचरिङ गराईएको छ । निकै रमाईलो शैलीको गीत सानीलाई नेपाल आईडलको अफिसियल युट्युब च्यानलमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्