२८ साउन २०७५, काठमाडौँ
भिमफेदी गाईज नेपालको एक चर्चित र स्थापित डान्स ग्रुप हो । लामो समयदेखि विभिन्न गीतहरुमा कभर डान्स गरेर चर्चामा रहेको भिमफेदी गाइजको ए सरकार बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
गिरिजा अधिकारीको शब्द र विकाश पाण्डेको संगीत रहेको गीतमा पुष्पण प्रधानको आवाज रहेको छ । वेरोजगार युवाको अवस्थालाई समेटेर बनाइएको गीतलाई भिमफेदी गाइजले आकर्षण तरिकाले नृत्य प्रस्तुत गर्ने कोशिस गरेका छन् ।