गजल : ठेकीमा दार, फुटबलमा नेइमार, उस्तै हुन्



२० असार २०७५, काठमाडौं

गजल

खल्ती हुञ्जेल चल्तीमा रहने यार उस्तै हुन्,
फुर्फुरे पुतली अर्थात् बैँशालु प्यार उस्तै हुन् !

माकुराले अाफन्त मास्ने चाल, अनि,
ब्वाँसोको सहयोगी पुकार उस्तै हुन् !

रङ्ग फेर्ने छेपाराको मात्रै के कुरा भो र !
छद्मी फिरन्तरी न पानीको धार, उस्तै हुन् !

को चले, को चलेनन्, के कुरा गर्छौ?
सम्धीको बार तथा बिग्रेको कार उस्तै हुन् !

टिक्ने र बिक्ने कुरामा जिज्ञासा भए, सुन,
ठेकीमा दार, फुटबलमा नेइमार, उस्तै हुन् ।

नारायण नेपाल

काठमाडौं

प्रतिक्रिया दिनुहोस्