यात्रा नहो जिन्दगी !



२५ जेठ २०७५, काठमाडौं

युपि टुहुरे

यात्रा नहो जिन्दगी, हिड्दै छु रे भन्नु पर्छ
सक्नेले त आफै मर्दा, मलामी नि गन्नु पर्छ ।
कति आए कति गए, हावा खाँदै चौतारीमा
नसक्नेले एक्लो नहोस्, हर रात मर्नु पर्छ ।।

बाटो उही सँगै हिड्ने, जंगारमा तर्नु पर्दा
कहिले दायाँ कहिले बायाँ, दुई किनारमा पर्नु पर्दा ।
बग्दै जाँदा घटी बढी, चोटहरु परे होलान्
तल माथि हुनेले त, हिसाव किताव गरे होलान ।।

तिम्रो जस्तो जवानीमा, कति लाली चढें होलान्
जिन्दगीको पन्ना पन्ना, बास माग्दै पढें होलान् ।
आशा पाल्ने नयनहरु, कत्तिका त रोका होलन्
बत्ति मारी अँधेरीमा, सिरानी खोल धोका होलान् ।।

एकदिन मैले तिम्रो साथ, पक्कै पनि छोड्नै पर्छ
नचाहेर आफ्नो मुटु, आफै भित्र तोड्नै पर्छ ।
तिमीलाई त सजिलै छ, सबै दोश तेरै भन्नु
मै बाँचुला कसरी भो, हरेक दिनका पिडा गन्नु ।।

प्रतिक्रिया दिनुहोस्