‘न्याय नपाए बूढानीलकण्ठ जानू’



२४ जेठ २०७५, काठमाडौँ

राम्रा मान्छेहरु अन्यायमा पर्दा होस वा अयोग्यहरु उच्च पदमा पुग्दा, सतीले सरापेको देश भन्छन्–नेपाललाई । यद्यपी शाह कालमा सामाजिक न्यायमा उत्कृष्ट मानिएको गोरखा राज्यलाई धेरैले न्यायको केन्द्र मान्दै,‘न्याय नपाए गोरखा जानु’ भन्ने उखान नै बनाए ।

हरेक प्रअको नियुक्तिमा विवादित बन्दै आएको बाल उद्धार यसपटक पनि अछुतो रहेन । ०४६ सालमा स्थापित बाल उद्धार माविमा ६ जना शिक्षकशिक्षिका प्रअ भैसके । अहिले सम्मकै सवैभन्दा वौद्धिक, अनुभवी शिक्षक विनोद पण्डितको पनि स्थानीय अनलाईनले सार्वजनिक रुपमै चरित्र हत्या गरी प्रअ नियुक्ति प्रक्रियामा अवरोध गर्ने प्रयास गर्याे । दुई विद्यालयमा सफल मानिएका प्रअ विनोद आफ्नो शैक्षिक, वौद्धिक र व्यवस्थापकीय क्षमता हुँदाहुँदै विवादित बनाईए । मावि स्कूलमा प्रअ हुने शैक्षिक योग्यता स्नातकोत्तर हुनुपर्छ । तर उनीसँग तीन विषयमा स्नातकोत्तर र हाल एम फिल गर्दै गरेको वौद्धिक ज्ञान छ ।

बालउद्धार विद्यालयको पूर्व प्रअ अहिल्या भट्टराईसँगको कुराकानीमा उनी भन्छिन्,‘आफू प्रअ (०५३–०५५) हुँदा विवादित बनाई विद्यालयमा ढुङ्गा मुढा गर्ने, शैक्षिक वातावरण विथोल्ने, कक्षामा पढाईरहँदा बाहिरबाट चुकुल लगाईदिने, अपमानित गर्ने, अपशब्द बोल्ने र जागिरै खाईदिने सम्मका धम्की बेहोर्नुपर्याै ।’ उनी अझ थप्छिन्,‘जिल्ला शिक्षा कार्यालयबाट प्रअ नियुक्तिको पत्र ल्याएपछि पनि निरन्तर १ वर्ष व्यक्तिगत आक्षेप (गाउँबाट घाँस काट्दाकाट्दै आएकी, एसएलसी पास नगरेकी) समेत बेहोर्नुपर्याे । २ वर्षपपछि तत्कालिन प्रावि बाल उद्धारमा आई.ए उत्तीर्ण नगरेको भन्दै अर्काे विद्यालयबाट शिक्षक ल्याई प्रअबाट जबरजस्ती हटाईयो ।’

२०५५ जेठ १ देखि बाल उद्धारमा अध्यापन गराईरहेका सप्रअ राजन प्रसाद रेग्मी भन्छन्,‘राजनीतिक आस्थालाई आधार बनाई व्यक्तिगत स्थार्थपूर्तिको लागि विद्यालयको प्रअ नियुक्ति सधै विवादित बन्ने गरेको छ । बाल उद्धारकै ईतिहासमा सवैभन्दा योग्य विनोद सरलाई पनि विवादित नै बनाईयो । शैक्षिक गुणस्तर बृद्धिको लागि पारदर्शी मुल्याङकनका आधारमा दण्ड र पुरस्कारको व्यवस्था हुनुपर्छ ।’

स्थापना कालदेखिनै बाल उद्धार माविलाई राम्ररी बुझेका शिवप्रसाद बजगाईं करिब २ महिना अघि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने । अध्यक्ष बनेसँगै शिक्षाको गुणस्तर बृद्धिमा क्रियाशिल बजगाईं नवनियुक्त प्रधानाध्यापकबाट आफ्नो योजनाले पूर्णता पाउने विश्वास गर्छन् । उनी थप्छन्, ‘विद्यालयको प्रअ र व्यवस्थापन समितिको अध्यक्ष एक रथको दुई पाङ्ग्रा हुन्, विद्यालयको शैक्षिक विकासका लागि मिलेर काम गर्नुपर्छ, हामी गर्छाैं ।’

बाल उद्धारको नयाँ प्रअ नियुक्ति सम्बन्धमा बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई भन्छन्,‘बूढानीलकण्ठ नगरपालिका भित्र नियमसंगत, शिक्षा नियमावलीले तोकेको, पूर्ण योग्यता प्राप्त व्यक्तिलाई प्रअ बनाउने अभियान अन्तर्गत बाल उद्धारमा नियुक्ति गरिएको हो । कसैलाई व्यक्तिगत तथा दलगत स्वार्थले मनपरेन भन्दैमा सामाजिक संजाल तथा संचार माध्यममा अर्काको चरित्र हत्या गर्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ । विद्यालयमा हुने राजनीतिलाई पूर्ण रुपमा अन्त्य गर्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा हामी केन्द्रित छौं ।’

अन्ततः प्रधानाध्यापक विनोद पण्डितको न्यायसँगै विद्यालयको शैक्षिक विकासमा प्रतिवद्ध शिक्षकहरु भन्छन्,‘न्याय सम्बन्धी उखान फेरेर,‘न्याय नपाए बूढानीलकण्ठ जानू’ । यदाकदा यो उक्ति बालउद्धारमा लागू भएको देखिन्छ । आफूलाई पत्रकारिता र समाजको विज्ञ ठान्ने स्थानीय अनलाईनका सम्पादकले नै पेशाप्रति सोच्नुपर्ने देखिन्छ । आफूलाई ज्ञाता मान्ने विद्धान सम्पादकले सामाजिक व्यक्तिको चरित्र धमिल्याउन खोज्दा कतै आफै पो धमिलिएँ कि भन्ने बेला आएको छ ।

बाल उद्धारमा भएको प्रधानाध्यापक नियुक्ति प्रक्रिया प्रचलित शैक्षिक नियमावली र स्थानीय सरकारको नियमसंगत देखिन्छ । व्यक्तिगत स्वार्थका लागि विज्ञापन शैलीमा लेखिएका भ्रामक समाचार, जनप्रतिनिधिको चरित्र हत्या र हाम्रो तथ्यमा आधारित लेखलाई समेत आक्षेप लगाउनु पत्रकार आचारसंहिता र नेपालको संविधान विपरीत रहेको देखिन्छ ।

प्रअ पण्डितको नियुक्तिलाई स्थानीय अनलाईनका सम्पादकले लगाएको आरोप झुटो सावित भएको छ । परिवर्तन खबरले ‘आवाज विहिनको आवाज’लाई मात्र साथ दिएको हो । हामीले व्यक्तिगत, दलगत स्वार्थभन्दा पनि पत्रकारिताको धर्म निभाएका मात्र हौं ।

यो पनि पढ्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्