अनुभवी र विज्ञ शिक्षकमाथि राजनीति किन ?



१५ जेठ २०७५, काठमाडौं

बिनोद पण्डित घोराही उपमहानगरपालिका–९ दाङ जिल्लामा जन्मी त्रिभुवन विश्वविद्यालयबाट एम एस्सी, एम ए र एम एड उत्कृष्ट अंकका उत्तीर्ण भएको देखिन्छ । लामो समयदेखि शैक्षिक गुणस्तर, व्यवस्थापकीय क्षमतामा अब्बल मानिएका पण्डित अहिले काठमाडौं विश्वविद्यालयबाट एजुकेशन लिडरसीप एण्ड डेभलपमेन्टमा एम फिल गर्दैछन् । बाल उद्धार मावि कपनमा ९ महिनादेखि अध्यापनरत पण्डितलाई बालउद्धार मावि व्यवस्थापन समितिले जेठ १० गतेदेखि लागू हुने गरी निमित्त प्रअमा नियुक्ति गरेको छ ।

शैक्षिक योग्यतामा परिपूर्ण पण्डित विद्यार्थीहरुका बिच अध्यापन शैली र व्यवहारका कारण उनले अध्यापन गराएका विद्यालयहरुमा लोकप्रिय रहेको पाइयो । २४ वर्षदेखि शिक्षण पेशामा आवद्ध पण्डितले २०५२ भाद्रदेखि दीपेन्द्र प्रहरी माविमा गणित र विज्ञान विषयका बरिष्ठ मावि शिक्षक भएर काम गरे । अध्यापनको साथसाथै अतिरिक्त क्रियाकलापमा निकै सक्रिय पण्डितले २०६० सम्म सो स्कूलमा रहँदा विद्यालयको अतिरिक्त क्रियाकलाप प्रमुख, परीक्षा संयोजक, विज्ञान प्रदर्शनी प्रमुखको साथै होस्टल वार्डेन भएर पनि काम गरेको देखिन्छ ।

२०५२ को शिक्षा सेवा आयोग पास भएर २०६० मा काठमाडौंबाट उनको नाम निस्केपछि सोही वर्षको पुस १३ देखि २०७४ साउन १४ सम्म अविच्छिन्न रुपमा मानसिंह धर्म मावि, धर्मस्थलीमा अध्यापन गराए । उनको दावी अनुसार उनी अध्ययनरत एम फिल दोश्रो सेमेष्टरको परीक्षा तयारीको लागि सरकारी नियमानुसार १ हप्ता विदा लिएर बसेका उनलाई ४ दिनमै पूर्व जानकारी विना बदनियतपूर्वक विद्यालय व्यवस्थापन समितिको बैठकले नारायण जंग थापालाई निमित्त प्रअ बनायो । यसरी शिक्षा नियमावली विपरीत राजनीतिक स्वार्थ पूर्तिको लागि एउटै विद्यालयमा समानान्तर अधिकारका २ जना प्रअ नियुक्ति गरी विद्यालय व्यवस्थापन समितिले नै आन्तरिक द्वन्दको सिर्जना गरेको देखिन्छ ।

तत्कालिन व्यवस्थापन समितिको नयाँ प्रअबाट पण्डितलाई हटाउन गरेको गैर कानुनी कार्य विरुद्ध र बालउद्धार माविको काज मानसिंह धर्म विद्यालयको प्रअ मा नै फिर्ता गरी पाउँ भनी प्रअ पण्डितले पाटन उच्च अदालतमा दायर मुद्दामा अदालतले अन्तरिम आदेशमा उनकै माग बमोजिम फैसला गरेको पाइयो । तर नयाँ प्रअ र विद्यालय व्यवस्थापन समिति मिलेर उनी बस्ने प्रअको कोठामा ताल्चा लगाउने काम गरेको पाइयो । जिल्ला शिक्षा कार्यालयले पठाएको आधिकारीक प्रअलाई विद्यालयमा अपमानजनक व्यवहार भएपछि उनी बाध्य भएर त्यही विद्यालयका सहायक प्रअ दिनेश पण्डितलाई निमित्त दिदै रमना लिई बालउद्धार मावि आउन विवश भएको देखिन्छ ।

उनले फर्कन चाहेको विद्यालयमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको भएता पनि विद्यालय व्यवस्थापन समितिले उनकै कार्यकक्षमा ताल्चा लगाउने कार्य गरेको देखिन्छ । उनको चरित्र हत्या गर्न नियतबस प्रहरीमा निवेदन हाली भगौडा व्यक्तिको खोजी गरी पाउँ भन्ने आशयको निवेदन योजनाबद्ध रुपमा पेश गरेको देखिन्छ । सरकारी कर्मचारी दोषी भए शिक्षा नियमावलीमा प्रष्ट रुपमा कारवाही गर्ने अधिकार छ । तर कुनै पनि व्यक्तिलाई प्रभावमा पारी आफू अनुकूल निर्णय गराउन गरिएको प्रयासलाई कसरी दोषी भन्न मिल्छ ?

सम्मानित उच्च अदालत र तारकेश्वर नगरपालिकाले पूर्ववत विद्यालयमा काम गर्ने अनुमति तथा आदेश दिदादिदै विद्यालय व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयले पूर्वाग्रहपूर्वक पण्डितलाई अन्याय गरेको देखिन्छ ।

प्रअ पण्डित माथि विद्यालय व्यवस्थापनको ज्यादती

मानसिंह धर्म विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह महर्जनले आफन्त र आफू अनुकूलका शिक्षकशिक्षिकाहरु शैक्षिक प्रक्रिया पुरा नगरी विद्यालयमा भर्ना गराएको देखिन्छ । मानसिंह महर्जनकी आफ्नै नातिनी सुनकेशरी महर्जन र भतिजी सावित्रा महर्जन लगायतलाई बलमिच्याईपूर्वक विद्यालयमा गरेको नियुक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला शिक्षा कार्यालयले खारेज गर्ने आदेश दिएको देखिन्छ । साथै विद्यालय व्यवस्थापन समितिलाई समेत अवैधानिक ठानी विघटन गरेको पाइयो ।

मानसिंह महर्जनलाई बरखास्त गरेको पाँचबर्षपछि २०७४ को नयाँ शिक्षा ऐनको फाइदा उठाउँदै उनलाई पुनः ०७४ फागुन ७ गते साम, दाम, दण्डभेद समेत प्रयोग गरी राजनीतिक पँहुचको आधारमा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष बनाईयो । तत्कालिन समयमा माथिल्ला निकायका निर्देशनहरु प्रअको नाताले पण्डितले कार्यान्वयन गरेको देखिन्छ । तर कानुनको ज्ञान नजाने जस्तो गरी अध्यक्षमा पुनः नियुक्तिमा आएका अध्यक्ष महर्जनले आफन्तहरु हटाएको प्रतिशोध लिदै प्रअ पण्डितलाई बदनाम गर्न अनेकौं झुटा आरोपहरु योजनाबद्ध रुपमा बुन्न र लगाउन थालेका पाइयो ।

महर्जनको पछिल्लो कदमलाई जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटा, दुवै विद्यालयका शैक्षिक माफिया र निहित स्वार्थ भएका राजनीतिक दलका समर्थकले संगठित रुपमा प्रहार गरी पण्डितको चरित्र हत्यालाई निरन्तरता दिई रहेको देखिन्छ ।

बालउद्धार माविकै शैक्षिक इतिहासमा सवैभन्दा अनुभवी, बहुविषयक, बहुभाषिक र बहुआयामिक क्षमताका पण्डितलाई मानसिंह धर्म विद्यालयमा जस्तैगरी बदनियतपूर्वक चरित्र हत्या गरी विद्यालयबाट हटाउने दुष्प्रयाश भएको देखिन्छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारमा निकै अनुभवी शिक्षक पण्डितलाई विद्यालय भित्र र बाहिरबाट गरिएका आधारहिन झुटा प्रहारप्रति अधिकार सम्पन्न स्थानीय निकाय र भर्खरै गठित विद्यालय व्यवस्थापन समितिको मौनताले फेरी अपमानित हुनुपर्ने अवस्था त आउँदैन ? आशंका छाएको छ ।

(नोट : सरोकारवालाहरुको धारणा सहित थप रिपोर्टिङ्ग छिट्टै प्रकाशित गरिनेछ ।)

प्रतिक्रिया दिनुहोस्