निर्दोष विनोद पण्डित न्याय नजिक



१८ जेठ २०७५, काठमाडौँ

स्थानीय अनलाईन पत्रिकाले मेरो चरित्र हत्या गर्याे भन्दै शिक्षक विनोद पण्डित हाम्रो सम्पर्कमा आए । त्यो बेलासम्म हामीलाई अर्काे स्थानीय पत्रिकाले नेपालको संविधान र कानुनले प्रत्याभुत गरेको नागरिक अधिकार विपरीत पत्रकारितालाई नै बदनाम गराउने गरी समाचार प्रकाशन गरेको थाहा थिएन ।

लामो समयको प्रत्यक्ष कुराकानीपछि शिक्षक पण्डितका भनाई पत्याउन हामी बाध्य भयौं । उनी कुराकानीको क्रममा पटक–पटक गला अवरुद्ध गर्दै बोलीरहेका थिए । एउटा शिक्षक जसले ३ विषयमा स्नातकोत्तर उत्तीर्ण गरी एजुकेशन लिडरसिप एण्ड डेभलपमेन्ट विषयमा एम फिल गर्दैछन् । आफ्नो ज्ञान, सिप र क्षमता २ दशक भन्दा बढी शैक्षिक विकासका निम्ति खर्चिएका शिक्षक पण्डित पिडित रहेको पाईयो ।  शिक्षक पण्डितको संविधान प्रदत्त अधिकार रक्षा गर्न सहयोग गर्ने मनशायले ‘अनुभवी र विज्ञ शिक्षकमाथि राजनीति किन ?’ शिर्षकमा उनले न्याय पाउनुपर्छ भन्ने उद्देश्यका साथ १५ जेठमा समाचार प्रकाशन गर्यौं ।

हामीले समाचार प्रकाशन गरेको केही घण्टापछि स्थानीय संचार माध्यमले विनोद पण्डितको पक्षमा लेख्यो भन्दै हाम्रा पहिचान खुल्ने गरी स्क्रीन सर्ट फोटो नै प्रकाशन गर्याे । त्यसपछि पनि काठमाडौं खबरले लेख्न छोडेन । अझ मसालेदार हेडिङ राख्दै पित पत्रकारिताको पराकाष्टा नाघ्यो–भर्खरै पित पत्रकारिताको जन्मभूमिबाट फर्किएका प्रधान सम्पादकबाट । हामी भने बास्तविकता बुझ्न अनुसन्धानमा केन्द्रित भयौं ।

केही संचार माध्यमको छाडापनले आम नागरिकहरुले नै भन्न थालिसके, ‘पत्रकार असनमा डामेर छोडेका साँढे होइनन् जसको कुनै बन्धन नै छैन । पत्रकार त ति हुन् जसले पत्रकारिताको धर्म पुरा गर्छन् ।’

काठमाडौं खबरले शिक्षक पण्डित विरुद्ध लगातार प्रकाशन गरेका समाचारहरुले उनी दोषी भएको ठोकुवा नै गरेको बुझिन्छ । अदालतले दोषी नठहर्याएका व्यक्तिलाई भ्रष्टाचारको आरोपी भन्ने अधिकार कसले दियो समाचार लेखकलाई ? हाम्रो खोजले शिक्षक पण्डित विरुद्ध अदालतमा मुद्दा समेत दायर भएको प्रमाण फेला पार्न सकेनौं ।

प्रभाव, पहुँच र बदनियतले लेखिएका समाचारले पाठकलाई भ्रम पार्नु हुँदैन । अझ स्थानीय तहमै संचालन भएका दुई फरक अनलाईन पत्रिकाले एउटै विषयमा प्रकाशन गरेका फरक धारका समाचारले स्थानीय पाठकमा भ्रम सिर्जना गर्याे । हामी अनुसन्धानमा केन्द्रित भयौं । हामीलाई प्राप्त गोप्य प्रमाणित सूचनाका आधारमा शिक्षक पण्डित पूर्ण रुपमा निर्दाेष रहेको पाईयो ।

शिक्षक विनोद पण्डितको वास्तविकता :

विद्यालयमा लगाईएको ताला सम्बन्धमा :
श्री मानसिंह धर्म माध्यमिक विद्यालयको तत्कालिन प्रअ कोठामा लागाईएको ताला विद्यालयका कागजात सुरक्षाको निम्ति स्थानीय तहका प्रतिनिधि, सुरक्षाकर्मी र विद्यालय व्यवस्थापन समितिको रोहवरमा लगाईएको पाईयो ।

जिसिकाको पत्र सम्बन्धमा
जिसिका काठमाडौंले मिति ०७४ साउन १७ गते च.नंं. ६३० को पत्रानुसार विद्यालयको नाममा तीन लाख तेह्र हजार पाँच सय आठ रुपैंया बढी निकासा जिसिका काठमाडौंले नै गरेको पाईयो । निकासा रकम बढी वा कम भए जिसिकाले नै हिसाब मिलान गर्न सक्ने हुँदा कसैले अपचलन गरेको भन्नै नमिल्ने तथ्य भेटियो ।

प्रहरीमा उजुरी सम्बन्धमा
महानगरीय प्रहरी परिसर काठमाडौंको च.नं. ५५३० र मिति २०७४ चैत्र ८ को निवेदन अनुसार विद्यालयको नाममा नेपाल बैंक लिमिटेडको खाताबाट झिकिएको केही रकम बारे छलफल गर्न तत्कालिन प्रअ विनोद पण्डित र लेखापाल नागेन्द्र यादवलाई बोलाइएको पाईयो । छलफलकै शिलशिलामा सो रकम विद्यालयको बैंक खातामा दाखिला भईसकेकोले सबै प्रक्रिया समाधान भईसकेको बुझियो ।

विद्यालयको लेखापरीक्षण सम्बन्धमा
श्री मानसिंह धर्म माध्यमिक विद्यालयका तत्कालिन प्रअ विनोद पण्डितले शिक्षा विकास तथा समन्वय ईकाइमा जानकारी गराई लेखापरीक्षण प्रक्रिया पुरा हुन लागेको बुझियो ।

जिसिका काठमाडौंको पत्र सम्बन्धमा
जिल्ला शिक्षा कार्यालय काठमाडौंले दरवन्दी थप सहित शिक्षक विनोद पण्डितलाई बाल उद्धार माविमा सरुवा गरेको पाइयो । उनले बाल उद्धार माविकै शिक्षकको रुपमा नौं महिनासम्म जिसिकाबाट तलब सुविधा बुझेको भेटियो । तत्कालिन जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले बदनियतपूर्वक आफ्नो अधिकारको दुरुपयोग गरेको पाइयो । हाल जिसिअ प्रकाश सापकोटा काठमाडौंबाट अन्यत्रै सरुवा भएकोले उनलाई सम्पर्क गर्न सकिएन ।

हामीले प्रकाशित गरेको समाचार स्रोतमा बुनपा–१० का वडाध्यक्ष नवराज भट्टराईलाई समेत मुछिएको पाइयो ।  प्रकाशित समाचारमा वडाध्यक्ष भट्टराईको संलग्नता रहेको धारणाले उक्त अनलाईनको विश्वसनीयतामा नै प्रश्न  उब्जिन्न र ? जनताको विश्वासले स्थानीय निर्वाचनमा अत्याधिक मतले विजयी भएका भट्टराईको लोकप्रियता मत परिणामले नै बुझ्न सकिन्छ । लोकप्रिय र आशालाग्दा जनप्रतिनिधि भट्टराईलाई समेत विवादित बनाउनु शोभनीय देखिदैन ।

हामी सकारात्मक सामाजिक रुपान्तरणको अभियानमा छौं । हाम्रो धर्म र उद्देश्य कसैप्रति पनि प्रहार गर्नु होइन । यसो भन्दै गर्दा आवाज विहिनहरुको आवाजलाई उठाउनु हाम्रो कर्तव्य हो । विवादित बनाइएका शिक्षक विनोद पण्डितको आवाजलाई हामीले साथ मात्र दिएका हौं । समाचारको प्रभावले कसैको चरित्र हत्या गर्नु पत्रकारिताको धर्म होइन भन्ने हाम्रो ठम्याई छ । बाँकी पाठकहरुलाई नै जिम्मा…

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्