समग्र भोजपुरलाई करिब दुई अर्ब बजेट बिनियोजन



१७ जेठ २०७५, भोजपुर

दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुर जिल्लालाई १ अर्ब ९२ करोड ९५ लाख बजेट बिनियोजन भएको छ ।

मंगलबार संघीय संसदमा अर्थिक वर्ष २०७५/ ७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो रकम बिनियोजन गरेका हुन् ।

भोजपुरमा रहेका दुई नगरपालिका मध्ये भोजपुर नगरपालिकालाई ३० करोड ९ लाख र षडानन्द नगरपालिकालाई ३१ करोड ५९ लाख बजेट बिनियोजन गरिएको छ ।

सात गाउँपालिकाहरुमा अरुणलाई १९ करोड १९ लाख, पौवादुङ्मा १६ करोड २९ लाख, ट्याम्केमैयुम २१ करोड १२ लाख, साल्पासिलिछो १७ करोड २३ लाख, आमचोक १८ करोड ७७ लाख, रामप्रसाद राई १८ करोड ९ लाख र हतुवागढी १८ करोड ९६ लाख रहेको छ ।

भोजपुरमा सबैभन्दा बढी बजेट षडानन्द नगरपालिकालाई बिनियोजन भएको छ भने सबै भन्दा कम बजेट साल्पासिलिछो गाउँपालिकालाई बिनियिजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्