गजल : बाल न कपाल



१५ जेष्ठ २०७५, काठमाडौ

बाल न कपाल, कुरा मिल्नुपर्यो !

जे जस्तो छ हाल, कुरा मिल्नुपर्यो !

 

जोरीपारी, कुटुम्ब जेसुकै भनून्,

गाल-अबगाल, कुरा मिल्नुपर्यो !

 

माया अोढे माया नै अोछ्याउनु रे,

सबै नै मिल्छ चाल, कुरा मिल्नुपर्यो ।

 

यत्तिका साल कुरेको छु मैले,

अब अाउने साल कुरा मिल्नुपर्यो !

– नारायण नेपाल

काठमाडौ

 

प्रतिक्रिया दिनुहोस्