प्रश्न र पर्खाइ !



१३ जेठ २०७५, काठमाडौं

`आज पनि कुकुरको मुत धोकेर आईस जड्याहा?´ म भित्र पस्नै लाग्ला उस्को डाडुको झटारो मेरो लर्बराएका खुट्टाले छलेका थिए।

`नरिसाउन प्यारी, मेरि मायालु पुग्यो पुग्यो भन्दा भन्दै पनि साथीहरुले कर गरे, भोलिदेखि तेरो रगत खानु म रक्सी खादिन।´ मेरो लर्बराएकै जिब्रोले मुस्किलसँग बोल्दै उसलाई अंगालो हालेको थिए।

`उता जा जड्या, हेर डुङ्डुन्ती गना’को।´

`चामलको निगार हो, टेस्ट गर त अलिकती।´भन्दै हाआआआ गरेर सास उ पटि फालेको थिए।

`लाज सरम छैन जड्याहा।´ उस्ले लात्तीले हिर्काएकी थिई।

`चियापतीले ठिक गर्छ भन्दै टिल हुने गरि धोकाए मु**हरुले।´

`जड्याहा´भन्दै उस्ले ढोकाको चुकुल लगाएर सुति। म पिडि मै निदाएछु।

शान्ती दुईचार दिन रिसाए झै नखरा पार्थी। घरी माईत जान्छु, घरी पोईल गैदिन्छु घरी मर्दिन्छु भन्दै घुर्काउथी।

०६४ सालमा आमाको मृत्यु भएपछी मैले रक्सी माछामासु सबै छाडे। जायोजन्ममा कलिला छोराछोरी हुर्कदै थिए। आम्दानीको स्रोतको रुपमा बा कै पालादेखिको सानोतिनो गलैचा कारखाना थियो। जसो तसो जिन्दगी चलेकै थियो।

आज म मेरो जीवनको केही यादगार त केही तितामिठा कहानीहरु सुनाउछु।

अहिले जस्तो त्यो जमानामा फोन ईन्टरनेट थिएन। अहिले प्रत्येक पल मान्छे ईन्टरनेटको दुनियाँमा बाचिराखेको हुन्छ। प्रेम गर्नेहरुको पनि बाध खुकुलो छ। यद्यपी विछोड भएका पनि छन। हाम्रा हजुरबाहरु भक्तपुर र ललितपुरका नेवारहरुका बिच रैथाने भएर बसे रे। बा ले काठमाण्डौमा घर बसाए। बा कै घरमा मेरा छोराछोरी समेत हुर्किए। सीता पनि यसै घरमा भित्रिएकि थिई।

०५८/५९ सालमा दरबार हत्याकाण्डको साथसाथै माओवादी आन्दोलन चर्किएको थियो। रेडियो,पत्रपत्रिका,टेलिभिजनहरुमा जिउँदै जलाईएका, गोली हानेका, विस्फोट, बलात्कार ,तोडफोड जस्ता समाचारहरुले भरिएका हुन्थे। देशको राजधानी भन्दा पनि गाउँगाउँलाई नराम्ररी द्वन्दले गाजेँको थियो। गाउँमा टिक्न नसकेका र विचल्ली भएकाहरु शहर भासिएका थिए। यसै क्रममा सीताको परिवार हाम्रो घर नजिकै सुकुम्बासी बस्तीमा आएका थिए।

सीताको बा आमा हाम्रै गलैचा कारखानामा ऊन बाट्ने काम गर्थे। सीतालाई गलैंचा बुन्न मैले नै सिकाएको थिए। गलैंचाको तान हामी दुबै मिलेर लगाउँथेम। राती अबेरसम्म पनि हामी गफिँदै तान मै मच्चिरहेका हुन्थेउ। `यी नानी आएसी त खुब काम गर्ने भाछस्।´बा घच्चा लगाउँथे।

आरिले गलैंचाको धागो काट्दा मेरो कुहिनाले उस्का सम्बेदनशील अंगहरुमा धक्का लगाउँथे। `फटाहा´ भन्दै उस्ले मेरो कान तानिदिन्थी। उ असाध्यै राम्री लाग्छ मलाई।

सुकुम्बासी बस्तीको सँगुरको फोहोरको गन्धले हाम्रो घर वरिपरि हिड्ने मान्छेले पनि नाक थुनेर हिड्थे। `त्यस्तो दुर्गन्धमा कसरी बस्न सकेको तिमी?´ मैले सीतालाई सोधेको थिए।

`अनि कहाँ जानू त हामी दुखीहरु। तपाईलाई त गनाउने रैछ हाम्लाई त बास्ना आउँछ। आफ्नो बस्ने ठाउँ नै त्यही छ।´ उ आफ्नो स्थितिलाई अनावश्यक मुल्यांकन गर्थी। जुन म चाहान्नथे।

`मेरो घरमा बुहारी बनेर आउँछौ त?´ मैले सोधेको थिए।

`ठट्टा नगर्नुस् हजुर।´उस्ले सिरियस्ली टारिदिई।

एकदिन हामी अबेरसम्म गलैंचा बुनिरहेम्। केही थान गलैंचा जर्मनको खैरेलाई भोलि नै फरवार्ड गर्नु थियो। रात धेरै छिप्पी सकेछ। उ मेरो काखैमा निदाएकी थिइ। म यौनको प्यासले तिर्खाएको थिए। मेरै अगाडि कुवा थियो। मेरो सल्बलाएका हातहरुले उस्का सम्वेदनशील अंगहरु सुम्सुमाए। निन्द्राको अवस्थामा भएपनी उस्ले मौन सहमती जनाईरही। म तृप्त भए सायद उ पनि। अङ्गालिएर तान मै निदायौं हामी।

भोलिपल्ट सीता काममा आईन। उस्का बा आमा सन्चो छैन छोरीलाई भन्ने उत्तर दिन्थे। दुईतिन दिनसम्म पनि नआएपछि म उसलाई भेट्न उसैको घरमा गए। म जाने बित्तिकै उस्ले सिरक तानेर मुख छोपी र सुति।

`सीता पिर नगर मैले घरमा कुरा गरिसकेको छु हाम्रो बिहेको। तिम्रो बाआमा सँग पनि कुरा गरौंला। हामी छिट्टै बिवाह गर्छौ अब।´ उ मुख छोपेर सुतिरही म आफैले असहज ठानेर फर्किए। घरमा बाआमाले त्यस्तो काम गर्ने स्वभावकी भनेर मैले कुरा सक्न नपाउँदै हुन्छ भन्नुभयो।

`मालिक, हामी त तपाईलाई जुजु धौ गर्छौ। हामी सुकुम्बासीलाई त्यति ठूलो ॠण लगाउनुभयो। मैले हजुरलाई कसरी सम्धी भन्ने?´ सीताको बा असहज मान्दै थिए। `त्यस्तो कुरा नभन्नुस सम्धी ज्यु। छोरा छोरीको मन मिलेपछि हाम्रो खुसी भन्नू नै त्यही हैन र?´ पारिवारिक सल्लाहमै हाम्रो बिहे भयो।

६१ सालमा बा हृदयघात भएर बिते। ६४ सालमा आमा क्यान्सरले बितिन्। मेरा बा आमा भन्नू नै सीताको बा आमा थिए। सीतालाई म असाध्यै प्रेम गर्छु। मेरो अर्धाङ्गिनी मात्रै हैन उ मेरो पूरा अंग थिई। मुटु थिई। यी सब मलाई हिजो जस्तै लाग्छ आज नौ बर्ष भैसकेछ। सीताले मलाई छाडेर हाम्रै कारखानामा काम गर्ने गोकुलेसँग हिडेँको। कति निष्ठुरी बनेकी, मेरो मायालाई कसरी लत्याउन सकेकी। कति निर्दयी छोराछोरीको मायाले रोकेन? मैले रक्सी पिउँदा `तलाई छोडेर पोईल जान्छु´भन्नेले आज मैले नखाँदा पनि किन छाडेर गई? मलाई विगत नौ वर्षदेखी यहि प्रश्नले सताईरहेछ। सायदै पाउँछु होला यस्को उत्तर पनि।

थाहा छैन कहाँ छे? कता छे? के गर्दै छे? मेरो याद, छोराछोरी माया लाग्दो हो या नलाग्दो होला ? पोहोर साल तिरै सुनेको थिए `गोकुले टिल हुने गरि रक्सी पिएर सीतालाई दिनरात पिट्छ रे।´ मैले कहिल्यै पनि उसलाई हात उठाईन बरु उल्टै उ कुट्थि बेला बेला।

डियर सीता

`थाहा छैन तिमी अहिले कुन अवस्थामा छौ? मलाई किन छाड्यौं भनेर तिमीलाई अहिले सोध्नु जायज होला नहोला। तर मलाई यहि कुराले पिरोलिरहेछ।  पढ्नेहरुले त कथा भनिदिन्छन् यसलाई तर थाहा छैन यो हाम्रो कहानी तिमीसम्म पुग्छ पुग्दैन। पुगेछ भने पक्कै तिमीले यस्को उत्तर दिनेछौ?´

`तिमी र म मिलेर हामी हुने सम्भावना छ छैन अब थाहा छैन तर म तिमीलाई अझै पनि उत्तिकै माया गर्छु। हाम्रा छोराछोरी अझै आमा आउने बाटो हेरिरहेछन्!´

प्रतिक्रिया दिनुहोस्