तिम्रो अर्को नाम



काठमाडौं, २७ वैशाख

कविता 

खुला अाकाशमुनि चराहरू उड्दै गरेको दृष्य देखेर,
जता जता जान मन लाग्छ त्यतै बेग हानेको देखेर,
अाजाद हुन मन लाग्यो होला सायद तिमिलाई पनि,
फुत्किन मन लाग्यो होला अाफ्नै परिबेशहरूबाट,
अनि, बेग हान्न मन लागेको होला क्षितिज पारी पारी…

सम्झ, मैले तिमीलाई मेरा बन्धनहरूबाट मुक्त गरिदिएँ,
तिमिले उड्न खोजेको उचाईहरूमा पखेटा भरिदिएँ,
उड्दै जाँदा धेरै माथी पुगेपछि, याद रहोस,
सकिनेछ वायुमण्डल अनि सकिनेछ हावा,
गार्‍हो होला तिमीलाई स्वासप्रस्वास गर्न,
नसम्झनु तिमिले त्यतिखेर मेरो स्पन्दन
नखोज्नु कुनै छातिमा मेरो मुटुको धड्कन,
किनकि तिमी स्वतन्त्र भईसकेकी मान्छे,
अाजाद तिम्रो अर्को नाम।

बुझ,म तिम्रा बाटोहरूमा अबरोध बन्ने छैन कदापि,
दायाँ बायाँ जता लागेनी तिम्रै बाटो,तिम्रै पदचाप,
खुला अाकाश देखेर मनलागी उड्दा,
रोक्न खोज्लान अाँधिबेहेरीहरूले,
सताउलान झरी बादल असिनाहरूले,
नखोज्नु तिमिले मेरा हातहरू,
नरोज्नु कसैभित्र मेरा साथहरू,
किनकि तिमी अाजाद भईसकेकी मान्छे,
स्वतन्त्रता तिम्रो अर्को नाम।

– भरत कुलुंग राई , साल्पासिलिछो गाउपालिका भोजपुर

प्रतिक्रिया दिनुहोस्