समग्र भोजपुरको विकासका निम्ति राष्ट्रपति समक्ष ६४ करोडको माग



२६ वैशाख २०७५, काठमाडौं

भोजपुरे सेवा समाज, काठमाडौंले भोजपुर जिल्लाको समग्र विकासको निम्ति बजेट माग गरेको छ । आर्थिक बर्ष २०७५/७६ को बजेटमा भोजपुर जिल्लालाई विशेष प्राथमिकतामा राख्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनुरोध गरिएको सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले जानकारी गराए ।

राष्ट्रपतीलाई सम्बोधन गरेर सेवा समाजले जम्मा रु. ६४ करोडको निम्न माग राखेको छ ।

१) भोजपुर बजारबाट घोरेटार र भोजपुर बजारबाट दिङ्ला तथा झ्याउपोखरीसम्म सडक स्तरोन्नति गर्नका लागि रु. ३० करोड

२) भोजपुर नगरपालिका स्थित सुन्तले र धापखर्कको विचमा पर्ने थामडाँडामा भ्युटावर तथा दुवैतर्फ सिँढिवाल वाटो निर्माणका लागि रु २ करोड

३) षडानन्द नगरपालिका स्थित संखुवासभा र भोजपुर जिल्ला जोड्ने लम्सुवा पुल निर्माण रु ४ करोड

४) चिया खेती विकास र विस्तारको लागि रु ५ करोड

५) धनकुटाको मुगा र भोजपुरको घोडेटार सडक खण्डमा पर्ने अरुण नदीमा पक्की पुल निर्माण रु १० करोड

६) भोजपुर बजार एयरपोर्ट सडक कालोपत्रे गर्न रु १० करोड

७) देवनटारदेखि ट्याम्के, मैंयु हुँदै साल्पा सिलिचुङसम्म पर्यटन तथा पुर्वधार विकासका लागि रु ३ करोड

प्रतिक्रिया दिनुहोस्