अनेरास्ववियुको तेस्रो पुर्ण बैठक बस्दै



२६ वैशाख २०७५, काठमाडौं

एमालेको भातृ संगठन अनेरास्ववियुको तेस्रो पुर्ण बैठक बस्ने भएको छ । महाधिवेशन भएको दुई वर्ष नाघिसक्दा तेस्रो बैठक बस्न लागेको हो । संगठनको केन्द्रिय कार्यालय बागबजारमा वैशाख १५ गते बसेको स्थाई कमिटिको बैठकले सो निर्णय गरेको हो ।

आगामी जेष्ठ ४ र ५ गते काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा बैठक बस्ने निर्णय भएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिले जेष्ठ ४ गते बिहान ११ वजे बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको अनेरास्ववियुका प्रवक्ता सुदिर शर्माले जानकारी गराए । उक्त बैठकद्वारा केन्द्रिय सदस्यको सन्दर्भमा विद्यार्थी इन्चार्ज तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीको समन्वयमा निर्णय गरिने अनेरास्ववियुका सचिव सुदेश पराजुलिले बताए ।

प्रतिक्रिया दिनुहोस्