बालुवाटारमा ‘बा’ भन्दै थुप्रिनेहरूको विजोग



२८ वैशाख २०७५ , काठमाडौं

बालुवाटारमा ‘बा’ भन्दै थुप्रिनेहरूको हिजोआज विजोग छ । केपी ओली प्रधानमन्त्री भएर दोश्रोचोटी बालुवाटार छिरेलगत्तै अघिल्लो कार्यकालमा ‘बा–बा’ भन्दै झ्याम्मिनेहरूलाई बाटोबाटै विदा गर्न निर्देशन दिएपछि यतिबेला बालुवाटार त्यस्ता मानिसहरूबाट मुक्त भएको हो ।

बिरामी हुँदा वा एक्लो महसूस गर्दा निकटस्थका बालबच्चासँग ओली रमाउन सोखिन छन् । तर पनि, प्रधानमन्त्री हुँदा त्यस्ता सोख पूरा हुँदैन ।

यतिबेला हैरान पारेका छन्, ‘बा’ भन्नेहरू । जस्को एउटा सानो उदाहरणका लागि लिनुपर्दा , भर्खरै मात्र अखिल अध्यक्ष तथा सांसद नवीना लामाले गृहस्थी जीवन शुरु गरिन् । संगठनको अध्यक्षका रुपमा सक्रिय हुन नसक्ने भएपछि अब आफ्नो जिम्मेवारी कसलाई दिने भन्नेबारेमा बा सँग सल्लाह गर्न बालुवाटार भित्र छिर्न खोजिन्, तर समय पाइनन् ।

‘अब अखिलको कार्यवाहक अध्यक्ष पनि मैले बनाउनुपर्ने भए पहिल्यै मै अध्यक्ष हुन्थेँ, किन तपाईलाई बनाउनुपथ्र्यो ?’ नबिनालाई ओलिको खबर यस्तो गयो ।

उपाधयक्ष सुनिता बरालको दौडधुप उक्त जिम्मेवारीका लागि राम्रै थियो। तर, ‘बा’ भन्नेहरूको बथान ‘मियाँका दौड मस्जिद तक’ भनेजस्तो तीन नम्बर गेटबाट निजी सचिवालयसम्म मात्रै पुग्यो ।

आफुले सोचे झैँ ‘बा’बाट लाइन नपाएपछि उपाध्यक्ष रश्मी आचार्य र शैलेश लामाको डिजाइनमा नवीनाले महेश वर्तौलालाई आफ्नो अनुपस्थितिमा संगठन चलाउने जिम्मा सहित कार्यवाहक दिइन् । तर नबिनाले यसो गर्दा सिधै मर्कामा परे महासचिव ऐन महर । किनकी उनी अर्को पटक अध्यक्ष बनाइने शर्तमा तत्कालीन २२ औ महाधिवेशनमा उपाध्यक्षबाट झरेर महासचिव बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्