प्रलोभनमा पारी धर्म परिवर्तन गराउन खोज्ने तीन महिला पक्राउ



२६ वैशाख २०७५, काठमाडौं

प्रलोभनमा पारी जवरजस्ती क्रिश्चियन धर्ममा लाग्न आग्रह गर्ने तीन महिलालाई प्रहरीले पक्राउ गरेको छ । चितवनकी लक्ष्मी भट्टराईले आफुलाई प्रतिष्ठित गैरसरकारी संस्था एनजिओमा जागिर लगाईदिने भन्दै धर्म परिवर्तन गर्न आग्रह गरेको उजुरीको आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कास्की घर भई सीतापाईला बस्ने ४९ बर्षिया सुमित्रा गौली, कलंकीका ३६ बर्षीया राधिका महर्जन र चितवनकी फुलदेवी भट्टराई रहेका छन ।

प्रतिक्रिया दिनुहोस्