तेस्रो पटक पनि रकलाई पुत्री लाभ



२१ वैशाख २०७५

चर्चित रेस्लर तथा चलचित्रका अभिनेता द रकलाई तेस्रो पटक पुत्री लाभ भएको छ । रकले पुत्री लाभ भएपछि छोरीलाई छातीमा राखेर खिचेको तस्विरलाई इन्स्टाग्राममार्फत सार्वजनिक गरेका छन् ।

ड्वायने द रक जोन्सन (द रक)को पहिलो श्रीमतीबाट पनि एक छोरी छिन् भने दोस्रो विवाह गरेका रक दम्पतीको पहिलो सन्तानको रुपमा पनि छोरी नै जन्मिएको थियो । उनले आफ्नो छोरीको नाम टियाना गिया राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्