प्रदर्शनरत फिल्म ‘लिलिबिली’ पाइरेसीको मारमा



काठमाडौं, ६ वैशाख

प्रदर्शनरत फिल्म ‘लिलिबिली’ पाइरेसीको मारमा परेको छ । बुधबार दिउँसो राजधानीको एक हलबाट फिल्मको झण्डै १ घण्टा ५८ मिनेटको फुटेज युट्युवमा अपलोड गरिएको पाइएको निर्देशक तथा निर्माता मिलन चाम्सले जानकारी दिए ।

‘कसले कहाँ खिचेर अपलोड गर्यो प्रहरीले खोजिरहेको छ’, चाम्सले भने, ‘दोषी पत्ता लागेपछि क्षतिपुर्ति र कारबाहीको गर्नु पर्ने हाम्रो माग हुनेछ ।’ तर पाइरेसी गरिएको फिल्मको फाइल भने पत्ता लाग्ने बित्तिकै हटाइका चाम्सको भनाई छ । प्रदीप खड्का र जसिता गुरुङको मुख्य भुमिका रहेको फिल्म यतिबेला पहिलो सातामा प्रदर्शनरत छ ।

पाइरेसीको मारमा थुप्रै नेपाली फिल्महरु परेका छन् । ‘ड्रिम्स’ देखि ‘छक्का पञ्जा’ सम्मले पाइरेसीको मार खेपे । पाइरेसी गर्नेमा केही अञ्जान केही योजनावद्ध रुपमै लागेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्