हनुमन्ते खोला सफा गर्न आउँदै नायिका केकी अधिकारी



भक्तपुर, २३ चैत

भक्तपुरको सूर्यविनायक नगरपालिकाले थालेको हनुमन्ते सफाई अभियानको छैठौ हप्ता नायिका केकी अधिकारी सहभागि हुने तय भएको छ । सरसफाईमा जनस्तरलाई चेतना फैलाउने उद्देश्यले सन्देशमूलक ढंगले कलाकारलाई सहभागि गराइने गरिएको छ ।

हनुमन्ते सरसफाई अभियानको छैठौं हप्ता अर्थात यही २४ गते शनिबार नेपाली सिने जगतकी चर्चित कलाकार केकी अधिकारीको उपस्थितिमा नयाँ ठिमी चार दोबाटोबाट बालकोट जाने पुलसम्म सरसफाईको कार्यक्रम तय भएको हो ।

सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले नगरपालिकाले सफाई अभियान निरन्तर जारी राखेको जनाउँदै यो हप्ता कलाकार अधिकारी सहभागि हुने बताउनुभयो । प्रमुख थापाले सफाई अभियानमा जनसहभागित बढ्दै गएको र स्थानीय उत्साहीत भएको बताउनुभयो ।

साथै प्रमुख थापाले सरसफाई अभियान सरकारी विदाको दिनसमेत विदा नलिएर आफनो नेतृत्वमा जारी रहेकाले सबैलाई यस महान कार्यमा सहभागि भईदिन आह्रवान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्