अण्डा मांसाहारी कि साकाहारी ? यस्तो छ वास्तविकता



काठमाडौं, ६ चैत

धेरैजसो मानिसहरु अण्डालाई मांसाहारी आहार मान्छन् । तर यस्ता कैयौं तथ्य छन् जो अण्डालाई मांसाहारी आहार मान्दैनन् ।

मासु खाने मानिसलाई आम रुपमा मांसाहारी भनिन्छ । यदि हामी यो परिभाषालाई मान्छौं भने अण्डा निश्चित रुपमा साकाहारी भोजन हो । किनकी यसमा न त कुनै मासु हुन्छ, न त जीवन नै ।

तर अण्डा त कुखुराले दिन्छ !

अण्डा कुखुराले दिन्छ । तर अण्डा प्राप्त गर्नका लागि कुखुरालाई मारिँदैन । जनवरबाट प्राप्त हुने हरेक चीज मांसाहारी हुँदैन । यसको सबैभन्दा उत्तम उदाहरण हो, गाई भैंसीबाट प्राप्त हुने दूध ।

अण्डाका तीन वटा भाग हुन्छन् । बोक्रा, सेतो भाग र सबैभन्दा भित्रको पहेँलो भाग । अण्डाको सेतो भाग पानीमा हुने प्रोटिनको हिस्सा हो । जसमा जनावरको कुनै अंश हुँदैन । यही कारण हो कि अण्डाको सेतो भाग (एग वाइट) साकाहारी हो । यहाँसम्म कि जुन परिकारमा अण्डाको सेतो भाग प्रयोग गरिन्छ त्यो पनि साकाहारी हुन्छ, जस्तै केक ।

अण्डाको पहेँलो भाग मांसाहारी

अण्डाको सेतो भाग जस्तै पहेँलो भागको धेरैजसो हिस्सामा पनि प्रोटिन, कोलेस्ट्रोल र फ्याट हुन्छ । तर त्यसको केही हिस्सामा जीवित कोष पनि हुन्छन् । जसलाई पहेँलो भागबाट पूर्णरुपमा अलग गर्न सकिँदैन । त्यसैले अण्डाको पहेँलो भागलाई मांसाहारी मानिन्छ ।

अण्डाबाट चल्ला जन्मिन्थ्यो

बजारमा प्राप्त हुेन वाला धेरैजसो अण्डा अनफर्टिलाइज्ड (अनिषेचित) हुन्छन् । यसकारण यो कुराको संभावना धेरै कम हुन्छ कि अण्डालाई त्यत्तिकै छाडेको भए चल्ला जन्मिन्थ्यो । अण्डाबाट चल्ला उत्पादन हुन कुखुराले कोरल्नु पर्नेहुन्छ । यसका लागि करिब २२ दिनको समय लाग्छ ।

प्रतिक्रिया दिनुहोस्