धार्मिक शास्त्रअनुसार महिलाले कुनै कुरा गोप्य राख्न नसक्नुको १२ कारण



भन्छन महिलाको पेटमा कुनै गोप्य कुरा धेरै समय टिक्न सक्दैन । महिलाले जानेरै वा नजाने रै त्यो कुरालाई कसैलाई न कसैलाई बताएका हुन्छन् । यो तथ्यसँग जोडिएको प्रसङ्ग महर्षि वेदव्यासद्धारा लेखिएको महाभारतमा पनि पाइन्छ । उनका अनुसार महाराज युधिष्टिरले नारी जातीको यो श्राप दिएका थिए कि संसारका समस्त स्त्रीले कुनैपनि कुरा गोप्य राख्न सक्दैनन् । यो श्राप सँग जोडिएको प्रसङ्ग यस प्रकार छ ।

युधिष्ठिरको श्राप कुन्तीलाई
महाभारतको शान्ति पर्वको अनुसार युद्ध समाप्त भइ सकेपछि जब कुन्तीले युधिष्ठिरलाई बताईन कर्ण तिमिहरुको ठूलो भाई थिए । तब त पाण्डवहरूलाई अत्यन्तै दुःख लाग्यो । त्यसपछि युधिष्ठिरले विधि–पूर्वक कर्णको अन्तिम संस्कार गरे । आमा कुन्तीले जब पाण्डवलाई कर्णको जन्मको रहस्य बताईन् त्यो शोकमा आएर युधिष्ठिरले सम्पूर्ण स्त्रीजाती श्राप दिए आजदेखि कोही पनि स्त्रीले कुनै पनि कुरा लुकाएर राख्न नसकोस् ।

पाण्डुलाई ऋषि किदमको श्राप
महाभारतको अनुसार एक पटक राजा पाण्डु शिकार खेल्न वनमा गए ।उन्ले त्यहाँ हरिणको जोडीको मैथुन संलग्न भएको देखे र त्यैबेलामा बाण चलाइ दिए । वास्तवमा हरिण र हरिणीऋषि किंदम र उनकी पत्नी थिए । त्यै बेलामा किंदमले राजा पाण्डुलाई श्राप दिए जब तिमी कुनै स्त्रीको साथ मिलन गर्नेछौ त्यही समय तिम्रो मृत्यु हुनेछ । यही श्रापको कारण जब उनले रानी माद्री सँग सम्भोग गरी रहेका थिए त्यही बेलामा उनको मृत्यु भयो ।

नारद मुनीको श्राप भगवान विष्णुलाई
शिव पुराणको अनुसार एक पटक देवऋषि नारद एक युवती प्रति मोहित भए । त्यो कन्याको स्वयम्बरमा उनी भगवान विष्णुको रुपमा वहाँ पुगे तर भगवानको माया ले उनको मुख बाँदरको जस्तो भयो । भगवान विष्णु पनि स्वयंवरको बेलामा पुगे । उनलाई देखेर युवतीले भगवानलाई वरण गरिन् । यो देखेर नारद मुनी बहुतै क्रोधित भए र उनले भगवान विष्णुलाई श्राप दिए कि जसरी तैले मेरो स्त्रीलाई व्याकुल बनाई दिईस त्यसै प्रकारले तँ पनि स्त्री विरहका दुःख भोग्ने छस् । भगवान विष्णुले राम अवतारमा नारद मुनीको यस श्रापको पुरा गरे ।

माण्डब्य ऋषिको श्राप यमराजलाई
महाभारतको अनुसार माण्डव्य नामको एक ऋषि थिए । राजाले भूलबश उन्हे चोरीको दोषी मानकर सुलिपर चढाउने सजाया दिए । सुलीमाथि केही दिन सम्म चढी रहे पछि जब उनको प्राण निस्केन तब राजाको आÏनो गल्तीको महसुस भयो रउन्ले ऋषि माण्डव्यले क्षमा मागेर उनलाई छोडि दिए । ऋषि यमराज भएको ठाउँमा पुगे र उनले भने मैले आÏनो जीवनमा यस्तो कुन अपराध गरें कि मलाई यस प्रकारको झुठो आरोपका सजायाँ मिल्यो । त्यसपछि यमराजले बताए कि जब तिमी १२ वर्षका थियौ तब तिमिले (एक फतींगे की पूंछ में सींक चुभाई थी,) त्यसैको फलस्वरुप तिमिलाईं यो कष्ट सहन प¥यो । तब ऋषि माण्डव्यले यमराजसँग भने कि १२ वर्षको उमेरमा कसैको पनि धर्म र अधर्मको ज्ञान हुँदैन । तिमीले सानो अपराधको ठूलो दण्ड दियौ । त्यसैले म तिमिलाई यो श्राप दिन्छु कि शुद्र योनीमा एक दासी पुत्रका रुपमा जन्म लिन परोस् । ऋषि माण्डव्यको यही श्रापको कारण यमराजले महात्मा विदुरको रुपमा जन्म लिए ।

नन्दीको श्राप रावणलाई
वाल्मीकि रामायणका अनुसार एक पटक रावण भगवानशंकर सँग मिल्न कैलाश गए । वहाँ उसले नन्दीको देखेर उनको स्वरुपको हाँसेर उडाए र उनले बाँदरको जस्तै मुख भएको भनिदिए । तब नन्दीले रावणको श्राप दिँदै भने कि बाँदरकै कारण तेरो सर्वनाश हुनेछ ।

कदु्रको श्राप आफ्नो छोरालाई
महाभारतका अनुसार ऋषि कश्यपको कद्रु र विनता नाम की दुई पत्नी थिए । कद्रु सर्पको आमा थिइ र विनता गरुढ कि । एकपटक कद्रु र विनता ले एक सेतो रंगको घोडा देखे र शर्त लगाए । विनताले भनि कि यो घोडा पुरा सेतै हो र कद्रुले भनी सेतै हो तर पुच्छर कालो हो । कद्रुले आफ्नो कुराको सहि सावित गर्नको लागि आफ्नो पुत्र सर्पसँग भने कि तिमी सबै सुक्ष्म रुपमा गएर घोडाको पुच्छरमा टाँसिएर बस जसको कारण उनको पुच्छर कालो देखिनेछ र म शर्त जित्ने छु । कनै सर्पले कद्रुको कुरालाई मानेनन् । तब कुद्रले आÏना ति पुत्रलाई श्राप दिए र भने तिमीहरू सबै जन्मेजयको सर्प यज्ञमा भस्म हुनेछौ ।

उर्वशीको श्राप अर्जुनलाई
महाभारतको युद्धभन्दा पहिले जब अर्जुन दिव्यास्त्र प्राप्त गर्न स्वर्ग गए त्यहाँ उर्वशी नाम गरेकी अप्सरा उनलाई देखेर मोहित भईन । यो देखेर अर्जुनले उनलाई माता समान भएको बताए । यो सुनेर क्रोधित उर्वशीले अर्जुनलाई श्राप दिइन कि तिमी मर्द भएर पनि कस्तो नपुंसक को जस्तो कुरा गरेको त्यसैले तिमी नपुंसक भएर रहन परोस् । तिमी स्त्रीहरुपनि नर्तक बनेर बस्नु परोस् । यो कुरा अर्जुनले देवराज इन्द्रलाई बताए र उनीहरुले भने कि अज्ञातबासको क्रममा यही श्राप तिमीलाई मद्दत गर्नेछ र तिमीलाई कसैले चिन्ने छैनन् ।

तुलसीको श्राप भगवान विष्णुलाई
शिव पुराणका अनुसार शंखचूड नामका एक राक्षस को पत्निको नाम तुलसी थियो । तुलसी पतिब्रता नारी थिई जसको कारण देवता पनि शंखचूडलाई बध(मार्न) गर्न असमर्थ थिए । देवताको उद्धारको लागि भगवान विष्णुले शंखचूढको रुप लिएर तुलसीको सतीत्व भङ्ग गरिदिए । तब भगवान शंकरले शंखचूढको बध गरे (मारी दिए)। यो कुरा जब तुलसीलाई थाहा भयो तब उनले भगवान विष्णुलाई पत्थर हुने श्राप दिइन् । त्यै श्रापको कारण भगवान विष्णुको पुजा शालिग्राम शिलाको रुपमा गरिन्छ ।

श्रृङ्गी ऋषिको परीक्षितलाई श्राप
पाण्डवको स्वर्गारोहण पछि अभिमन्यू को पूत्र परीक्षित ले शासन गरे । उसको राज्यमा सबै सुखि र सम्पन्न थिए । एक पटक राजा परीक्षित शिकार खेल्दै खेल्दै धेरै टाढा पुगे । जब उनले वहाँ शमिक नामका ऋषि देखे जो मौन अवस्थामा थिए । राजा परीक्षितले उनसँग गफ गर्न खोजे तर ध्यानमा भएको कारण ऋषिले कुनै जबाफ दिएनन् । यो देखेर परीक्षित बहुत रिसले क्रोधित भए र उन्ले एक मरेको श्राप उठाएर ऋषिको घाँटीमा राखि दिए । यही कुरा जब शमीक ऋषिलाई थाहा भयो उनले पनि श्राप दिइ हाले आजको सात दिन पछि तक्षक नागले राजा परीक्षितलाई टोक्ने छ र त्यही कारण उनको मृत्यु हुनेछ ।

राजा अनरण्यको श्राप रावणलाई
वाल्मीकि रामायणका अनुसार रघुवंशमा एक परम प्रतापी राजा थिए । उनको नाम अनरण्य थियो ।जब रावण विश्वविजय गर्न निक्ले तब राजा अनरण्य ले उसको भयंकर युद्ध भयो । त्यो युद्धमा राजा अनरण्य को मृत्यु भयो ।मर्नु भन्दा पहिले उनले रावणलाई श्राप दिए कि मेरै वंश मा उत्पन्न एक युवक तेरो मृत्युका कारण बने । यही वंशमा अगाडी गएर भगवान रामले जन्म लिए र रावणको बध गरे ।

कर्णलाई पर्शुरामको श्राप
महाभारतका अनुसार पर्शुराम भगवान विष्णुको अवतार थिए । सूर्यपूत्र कर्ण उन्का शिष्य थिए । कर्ण ले पर्शुरामको आÏनो परिचय एक सूत पुत्रको रुपमा दिए ।एक पटक जब पर्शुराम कर्णको काखमा शिर राखेर सुती रहेका थिए । त्यसै समयमा कर्णको एक भयंकर किराले टोकी दियो । गुरुको निद्रामा विघ्न नआओस भन्ने सोचेर कर्णले पीडा भोगी रहे तर उन्ले पर्शुरामको निद्राबाट उठाएनन् । निद्राबाट उठे पछि जब पर्शुरामले यो देखे त उनले सम्झे कर्ण सूतपुत्र होइन पक्कै क्षत्रि नै हुनुपर्छ । तब क्रोधित भएर पर्शुरामले कर्णलाई श्राप दिए कि मैले सिकाएको शस्त्र विद्या तिमीलाई सबैभन्दा बढी आवश्यक परेको बेलामा काम लाग्ने छैन । किनकी तिमीले त्यस विद्यालाई भूल्ने छौ ।

रावणलाई तपस्विनीको श्राप
वाल्मीकि रामायण का अनुसार एक पटक रावण आÏनो पुष्पक विमान बाट कहिँ जाँदै थिए । तब त्यस समय एउटा सुन्दर आइमाई देखिई । जो भगवान विष्णुको पतिको रुपमा पाउनको लागि तपस्या गरी रहेकी थिई । रावणले उनको कपाल समातेर हिँड्न भने तर त्यो तपस्विनीले त्यही क्षण आÏनो देह त्याग गरी र रावणलाई श्राप दिई तेरो मृत्यु आइमाइकै कारण हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्