अमेरिकी राष्ट्रपति ट्रम्पलाई पोर्न स्टारको चुनौती



न्युयोर्क । अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पललाई पोर्न स्टारका कारण अर्को झमेला व्यहोर्नुपर्ने भएको छ ।

अमेरिकी पोर्नस्टार स्टार्मी डेनियल्स आफूसँग गरिएको अनुबन्धलाई लिएर ट्रम्पविरुद्ध मुद्दा दर्ता गर्ने भएकी हुन् । पोर्न स्टार स्टार्मी डेनियल्सले २००६ को सुरुवातमा उनको ट्रम्पसँग अफेयर्स थियो । डेनियल्सको दाबीलाई ट्रम्पले अस्वीकार गर्दै आएका छन् ।

स्टेफनी डेनियल्सको बाल्यकालको नाम स्टेफनी क्लिफोर्ड थियो । उनी १९९७ मा लुइसियामा जन्मिएकी हुन् । उनी पोर्न फिल्मको दुनियामा अभिनेत्रीका रुपमा प्रवेश गरेकी थिइन् । २००४ मा उनले निर्देशन र लेखकको रुपमा आफ्नो काम सुरु गरेकी थिइन् ।

मोट्ली क्रू म्युजिकल ग्रुपमा वाद्ययन्त्र बनाउने निक्की सिक्सकी छोरी स्टार्म र अमेरिकी मदिरा कम्पनी ज्याक डेनियल्सको नाम मिलाएर उनले आफ्नो नाम स्टार्मी डेनियल्स राखेकी हुन् ।

उनले ४० इयर ओल्ड भर्जिन र नाक्ड अप जस्ता फिल्म र मरुन फाइवको म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।
२०१० मा उनले लुइसियानाबाट सिनेट पदका लागि चुनाव लडेकी थिइन् । तर, आफ्नो उम्मेद्वारीलाई गम्भीरतापूर्वक नदिएर उनले आफ्नो उम्मेद्वारी फिर्ता लिएकी थिइन् ।

उनले के दाबी गरेकी छन् भने २००६ मा क्यालिफोर्निया र नेवादाबीचमा अवस्थित लेक टोहोय होटलमा भेट ट्रम्पसँग भएको थियो । त्यो बेला ट्रम्प एक व्यापारी थिए । – बीबीसी

प्रतिक्रिया दिनुहोस्