कान छेड्नुको बैज्ञानिक कारणहरु :



काठमाडौँ, २१ पुस २०७४
मानसिक क्षमता बृद्धि हुन्छ 
बैज्ञानिकहरुकोे अनुसन्धानले के कुरा पत्ता लागेको छ भने कान छेड्ने मानिसको मस्तीष्कमा रक्तसञ्चार सही तरिकाले हुन जान्छ । दिमागमा रक्तसञ्चार राम्रो हुनाले बौद्धिक बिकास पनि सहि तरिकाले हुन सक्छ । शायद यसै कारणले हुन सक्छ परापूर्वकालमा गुरुकुलमा अध्ययन गर्न जाने प्रत्येक बिद्यार्थीको अनिवार्य रुपमा कान छेड्नु पर्दथ्यो । यसैवाट बिद्यार्थीको बौद्धिक बिकास राम्रो भई सही तरिकाले ज्ञान प्राप्त गर्ने बिश्वास गरिन्थ्यो ।

प्रजनन क्षमताको बिकास
काने छेड्नाले महिला तथा पुरुष दुबैका लागि फाइदा पूर्याउछ । कानको बिचको भाग प्रजनन् का लागि महत्वपूर्ण मानिन्छ । यसले महिलाहरुको अनियमित महिनाबारीको समस्या पनि समाधान गर्ने बैज्ञानिकहरुको अनुसन्धानबाट खुलेको छ ।

पुरुषका लागि कान छेडाउनु अति नै राम्रो
पुरुषहरुले कान छेडाउदा थुप्रै प्रकारका संक्रमण, हाइड्रोसिल तथा पुरुषहरुमा धेरै देखिने हर्निया जस्ता रोगहरु लाग्ने समस्या समाधान गर्दछ । बिशेषगरी कान छेड्नाले पुरुषको अन्डकोषले बिर्य सन्चित गर्न सघाउदछ भने अनुहारमा चमक आउनुका साथै रुपमा निखारपना ल्याउन सहयोग पुग्दछ ।

आँखाको लागि उपयोगि
कान छेड्नाले मानिसको दृश्टीमा सुधार आँउछ । एक्युपंचर पद्धतीका अनुसार कानको बिचको केन्द्रिय बिन्दु सिधै आँखा संग सम्बन्ध राख्ने हुदां यो बिन्दुमा दबाब पुगेपछी आँखाको ज्योति सही राख्न सघाउछ ।

कान स्वस्थ राख्न सघाउछ
कानको दुबैतिर प्वाल भएको भागमा मास्टर सेन्सोरियल र मास्टर सेलेब्रेल नामक दुईवटा एक्युप्रेसर हुन्छन् । यस्ता एक्युप्रेसरले सुन्ने क्षमता बिकास गर्न सघाउछन् । बिज्ञका अनुसार टिनिस नामक रोगबाट छुटकारा पाउनका लागि कान छेडोउनु राम्रो मानिन्छ ।

पाचन प्रकृया स्वस्थ राख्दछ
काने छेड्दा हुने उत्तेजनाबाट हंगर पोइन्टको केन्द्रबिन्दू तथा पाचन प्रणालीलाई स्वस्थ एबं तन्दुरुस्त राख्न सहयोग पुग्दछ । हंगर प्वाइन्टले मानवको पाचनतन्त्रको कार्यप्रणालीमाथि नियन्त्रण राख्न र मोटोपनाको सम्भावना कम गर्न मद्धत गर्छ ।

प्रतिक्रिया दिनुहोस्