यातायात मजदूर एकाइमा दीपक रुचाल मगरको नेतृत्वमा नयाँ कार्यसमिति



०६ चैत २०७५, काठमाडौँ

नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन नगर बस एकाइको १४औँ अधिवेशले पुनः दीपक रुचाल मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा रामप्रसाद उप्रेती, सचिवमा जीवन रानामगर, सह–सचिवमा मनोज महर्जन र कोषाध्यक्षमा रमेश तामाङलाई चयन गरेको छ । सदस्यमा राजन गिरी, डोरबहादुर रिमाल, ओमनारायण श्रेष्ठ, निरबहादुर गुरुङ, कुमार खत्री र केशव बुढाथोकीलाई चयन गरेको छ । त्यस्तै संयुक्त यातायात एकाइको अधिवेशनले विष्णुप्रसाद अधिकारीको नेतृत्वमा कमिटी गठन गरेको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रमले सम्पूर्ण मजदूर वर्गमा उत्पदानको व्यवस्था हुने बताउनुभयो । उहाँले यातायत क्षेत्रको एकाधिकार पूर्णतः अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्