योगेश भन्छन् : सेना परिचालनका बारेमा कांग्रेसको बिरोधको आधार के हो ?



४ चैत २०७५, काठमाडौ
नेकपाका चर्चित युवा नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले संसदमा दर्ता भएको सेना परिचालन सम्बन्धी बिधेयकमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले गरेको बिरोधको आधार के हो ? भन्दै आश्चर्य जनाएका छन् ।

नेता भट्टराई आफ्नो फेसबुक पेजमा लेख्छन् , रक्षा मन्त्री ईश्वर पोखरेल मार्फत सरकारले सेना परिचालन सम्बन्धि बिधेयक संसदमा दर्ता गरेको छ । नेपाली कांग्रेसले सेना परिचालनका सन्दर्भमा प्रधानमन्त्रीलाई जोडेर बिरोध गरेपछि कुनै गल्ती पो भएको रहेछ कि भनेर मैले बिधेयक राम्ररी पढे ।

बिधेयकको दफा ६ को २ मा सुरक्षा परिषदको सिफारिसमा मन्त्रीपरिसदको निर्णय पछि रास्ट्रपतिद्वारा सेना परिचालन हुने उल्लेख छ
सोही दफाको ३ मा परिषदको बैठक हुन नसकेमा अध्यक्ष ( प्रम) को सिफारिसमा मन्त्रिपरिसदको निर्णय पश्चात रास्ट्रपतिद्वारा सेना परिचालन हुने उल्लेख छ ।

सोही दफाको ३ मा यो निर्णयलाई संसदबाट अनुमोदन गराउनु पर्ने स्पस्ट उल्लेख छ
यो बिधेयकले प्रमलाई मात्र एकल अधिकार दिएको छैन् ।

बिधेयकमा स्पस्ट उल्लेख हुँदा हुँदै नेपाली कांग्रेस जस्तो लामो सम्सदीय अभ्यासबाट खारिएको पार्टीको हतारमा बिरोधको आसय बुझ्न् सकिएन ?
बिरोधमा कुनै बक्तब्य दिनै पर्ने बाध्यताले नयाँ फायल खोज्दा आफ्नै पालाको पुरानो फायल पो पल्टीन पुग्या हो की ?
…….. ले आफ्नो नाम आँफै काड्छ भन्छन् !

प्रतिक्रिया दिनुहोस्