कसलाई भयो फाइदा ? फेसबुक डाउन हुँदा



१ चैत २०७५, काठमाडौँ

सोसल मिडिया साइट फेसबुकले बुधबार इतिहासकै सबैभन्दा गम्भीर अवरोध व्यहोर्यो । विश्वका लाखौँ प्रयोगकर्ताले फेसबुक लगईन गर्न तथा सामाग्रीहरुमा लाइक – कमेन्ट तथा अपलोड गर्नमै समस्याको सामना गर्नुपर्यौ ।

नियमित सुधारका क्रममा केहीबेर साइड डाउन भएकै र छिटै् नै त्यो पूर्वबत् अवस्थामा आउने फेसबुकले बताए पनि लामो समय फेसबुक अवरुद्ध भैरह्यो । फेसबुक अवरुद्ध हुँदा लाखौँ प्रयोकर्ता समस्यामा परे । तर एउटा एपले पनि फेसबुक अवरोधको गज्जब फाइदा उठायो ।

प्राईभेट मेसेजिङ्ग प्लेटफर्म टेलिग्रामका अनुसार पछिल्लो २४ घण्टामा ३० लाख प्रयोगकर्ता उक्त एपमा जोडिएका छन् ।
टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डूरोभले व्यक्तिगत टेलिग्राम च्यानलमा त्यसको जानकारी दिएका छन ।

२४ घण्टामा ३० लाख नयाँ प्रयोेगकर्ता टेलिग्रामसंग जोडिएको उनको भनाई छ । टेलिग्राम एक निःशुुल्क एनक्रिप्टेड मेसेजिंग सर्भिस प्लेफर्म हो । यसले सन् २०१३ मै इण्ड टू इण्ड एनक्रिप्सन फिचर थप गरेको थियो सुरक्षित च्याटिङ्गको यो फिचर ह्वाटसएपमा सन् २०१६ मा मात्रै थपिएको थियो ।

एक वर्षअघिको तथ्यांक अनुसार इन्स्टाग्रामका सक्रिय प्रयोगकर्ताको संख्या २० करोड रहेको छ । फेसबुकको तुलनामा यो यस अर्थका उत्कृष्ट छ कि यसमा विज्ञापन देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्