कृश्चल र सेड्रिनाको पहिलो गीतको टिजर रिलिज, कृश्चलकी दुलही बनिन् सेड्रिना (भिडियो)



०३ फागुन २०७५, काठमाडौँ

कृश्चल कडेल पनि नेपाल आइडल बाट उदाएको नाम हो । उनी नेपाल आइडलको टप ८ सम्म पुग्न सफल भएका थिए । तर छोटो समयमा नै उनले दर्शकको अत्याधिक माया पाउन सफल भए । उनले एक म्यूजिक भिडियो पनि खेलिसकेका छन् ।

 

यतिबेला कृश्चल आफ्नो दोस्रो गीतको तयारीमा छन् । उनको दोस्रो गीत ओढेर घुङ्घट बोलको गीतको टिजर भर्खरै मात्र सार्वजनिक भएको छ । निप्रेश उप्रेतीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतमा कृश्चलकै आवाज रहेको छ ।

उक्त गीतमा चर्चित बाल कलाकार सेड्रिना शर्मा र कृश्चल नै फिचर्ड छन् । सेड्रिना अहिले आफ्नो पढाई पुरा गर्नका लागि इन्डिया पुगिसकेकी छिन् । उनले इन्डिया जानुअघि कृश्चलसँग उक्त भिडियोमा काम गरेकी थिइन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्