प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै



०२ फागुन २०७५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीलाई सम्बोधन गर्दैछन् ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले देशबासीलाई सम्बोधन गर्न लागेका हुन् ।

देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम अपराह्न ४ बजे निर्धारण गरिएको छ ।

प्रधानमन्त्री ओलीको सम्बोधनमा सरकारको १ वर्षको उपलब्धि र भावी योजना समेटिने उनको सचिवालयले जनाएको छ ।

ओली दोस्रोपटक प्रधानमन्त्री बनेको शुक्रबार एक वर्ष पुगेको र पहिलोपटक उनी ०७२ असोज २४ गते प्रधानमन्त्री भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्