सुन्दा पनि पत्यार नलाग्ने कुरा,जहाँ ४ सय वर्षदेखि बच्चा नजन्माएको गाउँ !



०१ फागुन २०७५,काठमाडौं

हाम्रा समाजमा विभिन्न किसिमका मान्याताहरु हुन्छन, जहाँ चालचलन र रीतिरिवाज पनि समाज अनुसार फरकफरक हुन्छन । कुनै कुनै ठाउँहरुमा त यस्ता संस्कार छन् जहाँ महिलाहरु गााउँमा बच्चा जन्माउन पाउदैनन् ।

सुन्दा पनि पत्यार नलाग्ने यो वास्तविक चलन हो, भारतको मध्य प्रदेश स्थित एउटा गाउँको । राजगड जिल्ला अन्तर्गत पर्ने उक्त गाउँका महिलाले विगत चार सय वर्ष पहिलेबाट गाउँमा बच्चा जन्माएका छैनन् ।

सिङ्क श्याम जी गाउँ निवासीहरूले उनीहरुको गाउँमा बच्चा जन्माउनु अभिशाप भएको विश्वास गर्छन् । यसकारण त्यहाँका महिलाहरु विगत चार सय वर्ष देखि बच्चा जन्माउनका लागि आफ्नो गाउँ छाडेर अन्तै जानुपर्ने चलन छ ।

यदि उक्त गाउँमा कसैले बच्चा जन्मायो भने की त्यो बच्चा विकृत हुनेछ वा आमा वा बच्चाको मृत्यु हुन्छ भन्ने उनीहरुको विश्वास छ । श्याम जी गाउँका बुढापाकाहरुका अनुसार १६ औं शताब्दीमा त्यहाँ देवदूतहरुले एउता मन्दिर बनाएका थिए । उक्त मन्दिरमा एक महिलाले गहुँ पिसेकी थिईन् । त्यस कारण देवदूतहरु रिसाए र धेरै विचलित भएका थिए ।

सोही कारणले देवदूतहरुले त्यो गाउँमा कुनैपनि महिलाहरुले बच्चा जन्माउँन नसकुन् भनेर श्राप दिएका थिए । त्यहि श्राप लाग्ने हुँदा अहिले पनि गाउँमा महिलालाई बच्चा जन्माउन नदिने गरिएको जानकारहरुले बताउँछन् ।

गाउँका एक मुर्तिकारका अनुसार गाउँमा मन्दिर निर्माण हुँदैगर्दा एउटी महिलाले अवरोध गरेकी थिईन । त्यसकारण गाउँका सबै महिलाहरुलाई श्राप लागेको हो । उनी भन्छन्, ‘प्रसवमा रहेका ९० प्रतिशत महिलालाई अस्पतालमा राखिन्छ भने केहिलाई गाउँ बाहिर लगिन्छ ।’

अहिले पनि त्यहाँका महिलाहरुले बच्चा जन्माउनका लागि गाउँ बाहिर छाप्रो निर्माण गरी त्यहि बच्चा जन्माउने गरेका छन् । आजको वैज्ञानिक र आधुनिक युगमा पनि यस्ता मान्यता भने कायमै रहनु अचम्मको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्