प्रियंकासँगै आयुष्मानले गरे यस्तो बबाल डान्स (भिडियो)



०१ फागुन २०७५, काठमाडौँ

प्रियंका कार्की नेपाली चलचित्र जगत्की सफल अभिनेत्री मात्र नभएर सफल डान्सर पनि हुन् । उनको डान्स मन नपराउने सायदै कम होलान् । त्यसैले पनि उनी चलचित्र र म्यूजिक भिडियो बाहेक देश विदेशका सांस्कृतिक कार्यक्रममा पनि व्यस्त हुने गर्छिन् ।

केहीसमय अघि भएको कामना फिल्म अवार्डमा पनि उनले निकै दमदार डान्स गरेकी थिइन् । यसपटक उनी एक्लै नाचेकी छैनन् । उनलेब आफ्नो प्रेमी आयुष्मानसँग डान्स गरिन् । आयुष्मान पनि राम्रो डान्सर हुन् ।

कामना फिल्म अवार्डमा यो जोडीले गोजीमा दाम छैन बोलको गीतमा गरेको डान्सलाई दर्शकले निकै रुचाएका छन् । उनीहरुको डान्समा दर्शकको निकै हुटिङ पनि आएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्