नेपालगञ्जमा अशोक, टंक र ए.आर पुग्दा प्रहरीलाई भिड सम्हाल्न यतिसम्म मुस्किल भयो (भिडियो सहित)



३ माघ २०७५, काठमाडौँ

अशोक अहिलेका सर्वाधिक चर्चित र व्यस्त बाल गायक हुन् । उनको पहिलो गीत मन बिनाको धन ठूलो की धन बिनाको मन गीतले अत्यन्तै चर्चा पाएपछि अशोकको लोकप्रियता बढेको छ । अहिले अशोक देश तथा विदेशका कार्यक्रममा निकै व्यस्त छन् । हालैमात्र अशोक, टंक र ए आर नेपालगञ्ज महोत्सवमा नेपालगञ्ज पुगेका छन् ।

नेपालगञ्जमा अशोक, टंक र ए आर  पुग्दा नेपालगञ्जको माहोल नै अर्कै भएको थियो । अशोकलाई हेर्न नेपालगञ्जमा हजारौँको संख्यामा दर्शक उपस्थिति भएका थिए । अशोक टंक र ए आरलाई हेर्न यतिसम्म भिड थियो की प्रहरीले पनि सम्हाल्न सकिरहेको थिएन ।

नेपालगञ्जमा अशोक र ए आरले आफ्नो प्रस्तुतीले दर्शकलाई निकै झुमाए । उनीहरुको प्रस्तुती देखेर सबै चकित भए । अहिले अशोक र ए आर गीत मात्र नगाएर राम्रो डान्स पनि गर्ने भएका छन् । अशोक र ए आर दर्शकमाझ यसरी खुले कि नेपालगञ्ज बासी नै अचम्मित भए । जे होस अशोक टंक र ए आरलाई नेपालगञ्जमा निकै भव्यसँग सम्मान गरिएको थियो । यसका लागि टंकले सबैलाई धन्यवाद पनि दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्