जब नेहाले फोटोसुटको क्रममा सोनुकै अगाडी आफूले लगाएको गाउन खोलिन् (भिडियो सहित)



२६ पुष २०७५, काठमाडौँ

नेहा कक्कर बलिउडकी निकै चर्चित गायिका हुन् । उनले बलिउडमा धेरै हिट गीतहरु गाइसकेकी छिन् । नेहा विभिन्न कारण मिडियामा आइरहने सेलेब्रेटी हुन् । तर बलिउडमा यतिबेला उनको चर्चा उनको गीतका कारण भन्दापनि उनका प्रेमी हिमांश  कोहलीसँगको ब्रेकअपका कारण भैरहेको छ । नेहाले हिमांशका कारण आफू डिप्रेशनमा गएको समेत बताएकी छिन् । तर उनी यतिबेला भने बलिउडका अर्का चर्चित गायक सोनु निगमसँग फोटोसुटमा व्यस्त छिन् ।

उक्त फोटोसुटमा नेहा र सोनुलाई एकअर्कासँग निकै रमाइरहेको देख्न सकिन्छ । नेहाले फोटोसुटका लागि कालो कलरको गाउन लगाएकी छिन् भने सोनुले हरियो कलरको सुट लगाएका छन् । दुवैजना एकअर्कासँग खुसी हुँदै फोटोसुट गराइरहेका छन् । नेहाले उक्त फोटोसुटको एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । जुन अहिले निकै भाइरल भैरहेको छ ।

उक्त भिडियोमा नेहाले सोनुकै अगाडी आफ्नो गाउन उतारेकी छिन् । जसलाई देखेर सोनु निकै छक्क परेका छन् । त्यतिमात्र नभएर सोनुले नेहाको गाउन आफू लगाउन खोज्छन् जसलाई देखेर नेहा निकै हाँस्छिन् । उक्त भिडियो निकै रमाइलो खालको रहेको छ । उक्त भिडियोलाई हेर्दा नेहाले आफूलाई खुसी बनाउन कोशिस गरिरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्