हुवावेले आईफोन चलाउने कर्मचारीलाई कारवाही गर्यो



चिनियाँ कम्पनी हुवावेले आईफोन प्रयोग गर्दै नयाँ वर्षको शुभकामना सन्देश प्रवाह गर्ने आफ्ना दुई कर्मचारीलाई कारवाही गरेको छ ।

निलम्वनमा परेका ती कर्मचारीको नाम भने हुवावेले सार्वजनिक गरेको छैन । नयाँ वर्ष शुरु हुँदा कर्मचारीले हुवावे टेक्नोलोजी ट्वीटर एकाउन्टबाट ‘ह्याप्पी न्यू ईयर २०१९’ लेखेका थिए ।

हुवाको यस्तो खबरलाई समामाजिक सञ्जालमा व्यंग्यको विषय बनाइएपछि कम्पनीले यसमा संलग्न दुई कर्मचारीलाई कारवाही गरेको हो । चीनमा हुवावे र एप्पल कडा पतिष्पर्धी मानिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्