‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ बाट महेश पौडेल पुरस्कृत हुँदै



२४ पौष २०७५, काठमाडौं

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ बाट युवा समालोचक, अनुवादक, कवि तथा आख्यानकार महेश पौडेल पुरस्कृत हुने भएका छन् ।

पौडेलका विविध विधा र अनुवादका तीनदर्जन भन्दा बढी कृति प्रकाशित छन् । सुदीश निरौला ट्रस्टका तर्फबाट टेकमाया निरौला संस्थापक रहेका सो पुरस्कारको राशि १५००० को साथमा प्रमाणपत्र रहेको छ । दिवंगत छोरा सुदीशका नाममा निरौला परिवारबाट यो पुरस्कार संस्थापन गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा केही दिनअगाडी बसेको बैठककले सो निर्णय गरेको हो । यसै वर्षदेखि प्रदान गरिने यो पुरस्कार आगामी माघ ६ गते विराटनगरमा हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्