निम्तो नै नगरिएको विवाहमा रणवीर पुगेपछि (भिडियो सहित)



०३ पुष २०७५, काठमाडौँ

रणवीर सिंह बलिउडका नाम चलेका अभिनेता हुन् । उनले धेरै सफल चलचित्रमा काम गरिसकेका छन् । आजभन्दा करिब १ महिना अगाडि लबलिउडकी चर्चित अभिनेत्री दिपिका पादुकोणसँग विवाह गरेका रणवीर हाल आफ्नो प्रदर्शनको तयारीमा रहेको चलचित्र सिम्बा मा व्यस्त छन् ।

चलचित्र सिम्बा मा उनको जोडि साराअली खानसँग बाधिएको छ । सारा बलिउडमा भर्खरै आएकी हुन् । उनको पहिलो चलचित्र केदारनाथ यतिबेला भव्यताका साथ प्रदर्शन भैरहेको छ । हाल रणवीर आफ्नो चलचित्रको प्रचार प्रसारको लागि निकै दौडिरहेका छन् । चलचित्रको प्रचारप्रसारको क्रममा उनी एक होटलमा पुगेका थिए । उक्त होटलमा एक विवाह भैरहेको थियो । रणवीर आफूलाई बोलाउँदै नबोलाएको विवाहमा सहभागी भएर दुलाहा दुलहीलाई बधाई पनि दिए । रणवीरलाई देखेर विवाहमा उपस्थित भएका सबै मानिसहरु निकै चकित पनि भएका थिए ।

यतिबेला सामाजिक सञ्जालमा उनको उक्त विवाहमा गएको भिडियो निकै भाइरल भैरहेको छ । धेरैले उनलाई निम्तो नै नगरेको विवाहमा किन उपस्थिति भएको होला भनेका छन् भने कत्तिले राम्रो भनेका छन् ।

 

View this post on Instagram

 

#RanveerSingh at a wedding today

A post shared by Viral Bhayani (@viralbhayani) on

प्रतिक्रिया दिनुहोस्