बूनपामा आठ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न (फोटो फिचर)



०१ पुस २०७५, काठमाडौं

“हाम्रो समस्या, हाम्रै समाधान” भन्ने मूल नाराका साथ सम्भव मेलमिलाप केन्द्रद्वारा मङ्सिर २३ गतेदेखि संचालन गरिएको आठदिने मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिमको बूढानीलकण्ठ नगरपालिका वडा नं. १० को सभाहलमा समापन गरिएको छ ।

समापन कार्यक्रममा प्रमुख अतिथि सर्वाेच्च अदालतका रजिष्टार महेन्द्रनाथ उपाध्याय विशेष अतिथि प्रदेश सभा सदस्य दीपक निरौला, बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेल, उपप्रमुख रमादेवी राई तथा अतिथिहरुमा पूर्व मुख्य न्यायधिश सुरेन्द्र  विर सिं बस्याल, बूनपा प्रशासकीय अधिकृत प्रदीप पौडेल बूनपा ८ का वडाध्यक्ष सुमन तामाङ, ९ का राजेन्द्र प्रसाद सापकोटा, १० का नवराज भट्टराई, कार्यपालिका सदस्य सुमित्रा त्रिपाठी, बूढानीलकण्ठ नगरपालिका न्यायिक समिति सदस्य भगवती निरौला लगायत अन्य जननिर्वाचित तथा समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मेलमिलापकर्ताले सहजीकरणको भूमिका निर्वाह गर्न कुनै पनि आग्रह पुर्वाग्रह नराखी न्याय सम्पादन गर्नुपर्नेमा जोड दिईएको कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाबाट सहभागी भएका २९ जना प्रशिक्षार्थीहरुलाई प्रमुख अथिति महेन्द्रनाथ अधिकारी तथा सांसद दिपक निरौलाले प्रमाणपत्र वितरण गरेका थिए ।

बूनपा न्यायिक समिति सदस्य भगवती निरौलाले स्वागत मन्तब्य राखी अतिथिहरुलाई खादा ओढाई सम्मान गरेको कार्यक्रमका सभाध्यक्ष सम्भब मेल मिलाप केन्द्रका अध्यक्ष दुर्गा प्रसाद अर्यालले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्