५० हजार बढी पाँचथरवासीले राष्ट्रिय परिचयपत्र पाउँदै



०३ मंसिर २०७५, पाँचथर

प्रदेश १ को पाँचथर नेपालमा पहिलो पटक राष्ट्रिय परिचय पत्र बितरण हुने जिल्ला बन्ने भएको छ । नेपालमै पहिलो पटक सोमबारबाट पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो ।

गएको असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको पाँचथर जिल्लामा सोमबार विशेष समारोहको आयोजना गरि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए ।

जिल्लाका सरोकारवालाहरुसँगको छलफल र तयारीपछि राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ हुने उनले जानकारी दिए । राष्ट्रिय परिचयपत्र वितरणका लागि पाँचथरमा गत कात्तिक २० गते सम्ममा ५०,९७४ जना पाँचथरवासी नेपाली नागरिकको विवरण संकलन भइसकेको महानिर्देशक काफ्लेले जानकारी दिए ।

सरकारले आगामी तीन वर्षभित्र सबै नेपाली नागरिकको पूर्ण विवरण रहेको राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारीका साथ विवरण संकलनको कार्य पाँचथर जिल्ला र सिंहदरबारका कर्मचारीबाट सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्