शहिद स्मारक ए डिभिजन लिग : थ्रीस्टारद्वारा विग्रेड ब्वाईज पराजित



०२ मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दिउँसो २ः३० बजे सिफ्टको खेलमा थ्रीस्टारद्वारा विग्रेड ब्वाईज पराजित भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोस्थित सम्पन्न खेलमा थ्रीस्टारले विग्रेडविरुद्ध ५–१ को नतिजा ल्याएर आफुलाई उच्च राख्न सकेको हो । खेलको ९ औं मिनेटमा कप्तान विक्रम लामाले थ्रीस्टारलाई अग्रता दिलाएका थिए । यससँगैं खेलको निर्धारित समयसम्म थ्रीस्टारले यो नतिजा बाहिर्याउन सक्यो ।

यसअघि विहान ११ बजे सिफ्टको खेलमा थ्रीस्टारले फ्रेन्ड्सलाई ५–१ ले पराजित गरेको थियो भने ब्रिगेट ब्वाईजले मनाङसंग पराजय व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्