शहिद स्मारक ए डिभिजन लिग : पहिलो हाफमा थ्रीस्टारको अग्रता



०२ मंसिर २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चलिरहेको अहिले खेलको पहिलो हाफमा व्रिग्रेड विरुद्ध थ्रीस्टारले अग्रता पाएको छ ।

एन्फा कम्प्लेक्समा चलिरहेको खेलमा थ्रीस्टारले १ गोलको अग्रता पाएको हो । थ्रीस्टारका लागि कप्तान विक्रम लामाले प्यानल्टीबाट अग्रता दिलाएका हुन् । विग्रेडका खेलाडीले विपक्षी टोलीका निराजन खड्गालाई ‘डी बक्स’ भित्र लडाएपछि पाएको प्यानल्टीबाट थ्रीस्टारले अग्रता पाएको हो ।

आजै भएको पहिलो खेलमा थ्रीस्टारले फ्रेन्ड्सलाई २–१ ले पराजित गरेको थियो भने ब्रिगेट ब्वाईजले मनाङसंग पराजय व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्