बाजुराको दुनीहाटबाट ३ लाख बराबरका मोबाइल चोरी



०२ मंसिर २०७५, काठमाडौं

बाजुरा सदरमुकाम मार्तडीको दुनीहाट बजारको एक मोबाईल ग्यालरीमा चोरी भएको छ । दुनीहाट बजारमा रहेको युनिशा मोबाइल ग्यालरीबाट गएराती करिब ३ लाख बराबरको माबाईल सेट चोरी भएको बताईएको छ ।

जिल्लाको मुटु मानिने सदरमुकाम मार्तडी जिल्ला प्रहरी कार्यालय बाजुरासंगै जोडिएको मुख्य बजारको मोबाइल पसलबाट करिब ३ लाख बराबरको मोबाइलहरु चोरी भएको पसलका संचालक डम्बर नेपालीले बताएका छन् । शनिबार राति करिब १२ बजेको समयमा पसलको ढोकामा लगाइएको ताला फोडेर पसलभित्र रहेका विभिन्न कम्पनिका मोबाइल सेटहरु चोरी भएको पसलका संचालक नेपालीले बताए ।

सधैंजसो प्रहरीको टोलीले सुरक्षा दिईरहने सो क्षेत्रको पसल शनिबार साँझ चोरी भएपछि हाटबजारमा रहेका अन्य व्यवसायीहरु पनि त्रसित भएका छन् । पसलको चोरी भएपछि प्रहरीले आइतबार घटनाबारे जानकारी लिइ चोरी गर्नेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्