सोनाक्षीले सार्वजनिक गरिन् हट तस्बिर



अभिनेत्री सोनाक्षी सिन्हा करियरको सुरुवाती दिनमा मोटी थिइन् । सलमान खानसँग ‘दबंग’ फिल्मबाट करिअर सुरु गरेकी उनको अभिनय मन पराइए पनि मोटोपनका कारण उनको कुरा काट्नको जमात पनि ठूलै थियो ।

तर, बिस्तारै सोनाक्षीले आफ्नो तौल कम गर्दै गइन् ।

हालै सोनाक्षीले आफ्नो केही हट तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । जसमा उनी स्लिम र झन् सुन्दरी देखिएकी छिन् । उनले फिल्ममा डेब्यु गर्न झन्डै ३० किलो तौल घटाएकी थिइन् । उनको भनाइ छ, ‘मलाई जिम भनेपछि एलर्जी हुन्छ । यसबाट दूर भाग्न चाहन्छु । तर, मैले आफूलाई फिट राख्न र आकर्षक बनाउनका लागि खुब पसिना बगाएको छु ।’

प्रतिक्रिया दिनुहोस्