‘अल्फ्रेड डी स्टेफानो’ तथा ‘पीपीची’ मेस्सीको हातमा



२७ कार्तिक २०७५, काठमाडौं

विश्व फुटबलका एक कुशल खेलाडी लियोनल मेस्सीले ‘अल्फ्रेडो डी स्टेफानो’ तथा ‘पीपीचि’ अवार्ड जितेका छन् ।

स्पेनिस खेल पत्रिका मार्काले प्रदान गर्दै आएको अल्फ्रेडो डि स्टेफानो र पिचिची अवार्ड अर्जेन्टिनी खेलाडी तथा बार्सिलोनाका कप्तान मेस्सीले जित्न सफल भएका हुन् । सोमबार राति भएको कार्यक्रममा उनले सन् २०१७ र २०१८ को सिजन उत्कृष्ट खेलाडी बन्दै अल्फ्रेडो अवार्ड जित्न सफल भएका हुन् ।

आफ्नो जीवनकालमै ५०० गोल भन्दा बढी गोल हानेको मेस्सी हाल भने ला लिगा, बार्सिलोना तथा अजेन्टिनका लागि खेल्ने गर्दछन् । गत सिजन मेस्सीले मात्रै मेस्सीले बार्सिलोनाबाट ३६ खेलमा ३४ गोल गरेका थिए भने १२ गोलका लागि पास निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्