ज्ञानध्यान छात्रवृत्ति अभियान सम्पन्न



१८ कार्तिक २०७५, काठमाडौँ

विश्व नेपाल सञ्चार प्रालिको आयोजना तथा आर एल डिजाईनको सहआयोजनामा गत वर्षबाट सुरु गरिएको ज्ञानध्यान छात्रवृत्ति अभियान सम्पन्न भएको छ ।

ज्ञानध्यान उपत्यकाव्यापी अन्तरविद्यालय स्थलगत लेखन तथा वाचनको नामबाट प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार तथा तृतीय पुरस्कार २० हजार राशीको यो छात्रवृत्ति अभियान दुई चरणमा सम्पन्न भएको हो । जस अन्तरगत शनिबार वानेश्वरको एम्बिसन एकेडेमीमा भएको अन्तिम प्रतियोगितामा ललितपुर स्थित बज्र एकेडेमीकी छात्रा रेजिना शर्मा दाहाल प्रथम भईन् ।

त्यस्तै काठमाडांै स्थित पिस नेपाल एकेडेमीकी छात्रा डोमा तामाङ द्वितीय तथा हिलारी स्कुलकी छात्रा स्वीकृती पौडेलले तृतीय पुरस्कार प्राप्त गरे । स्नेहा दाहाल, सुजन तामाङ, नुना दास प्रोत्साहन पुरस्कारका लागि छनोट भए । छात्रवृत्ति अभियानको पहिलो चरणबाट दोस्रो अन्तिम चरणका लागि १७ जना प्रतिस्पर्धी छनोट भएका थिए ।

अन्तिम चरणको निर्णय भने युवा साहित्यकार त्रय रत्न विरही घिमिरे, रमेश सुभेच्छु, देबु लुइँटेलले गरेका हुन् । मंसिरको दोस्रो सातासम्ममा स्रष्टा सम्मान कार्यक्रमकाबीच पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्