आठौं राष्ट्रिय खेलकुदका लागि उपसमिति गठन



२७ असोज २०७५, काठमाडौं

आगामी २५ माघबाट सुरु हुने आठौं राष्ट्रिय खेलकुदका लागि खेलकुद परिषदले ११ उपसमिति गठन गरेको छ । प्रतियोगितालाई मर्यादित तथा व्यवस्थित तरिकाबाट सञ्चालन गर्न सो उपसमिति गठन गरिएको हो ।

जसमा अनुगमन उपसमिति, स्रोत परिचालन उपसमिति, खेल सामग्री तथा पोशाक उपसमिति, अनुशासन उपसमिति, सुरक्षा उपसमिति, समारोह उपसमिति, खेल मैदान तथा भौतिक पूर्वाधार उपसमिति, आभास तथा भोजन उपसमिति, यातायत उपसमिति तथा प्रचार–प्रसार उपसमिति गठन गरेको हो । जसमा एक उपसमितिमा एक जना रहने गरि संयोजक पनि चयन गरिएको छ । संयोजकहरुमा स्रोत परिचालनमा अर्जुन केसी, खेल सामाग्री तथा पोशाकमा देवकुमार अधिकारी, सुरक्षामा अ‍ेकेन्द्र कुँवर, अनुशासनमा डा श्याम श्री वास्तव, स्वास्थ्यमा उपेन्द्र पौडेल रहेका छन् ।

त्यस्तै, समारोहमा विनोद मैनाली, खेल स्थल तथा भौतिक पुर्वाधारमा भिम ओली, आवास तथा भोजनमा विरेन्द्र श्रेष्ठ, यातायातमा उपेन्द्र यादव र प्रचार प्रसारमा रोहित दाहाल रहेका छन् । प्रतियोगिताका लागि खेलकुदमन्त्रीको संयोजकत्वमा आयोजक समिति गठन भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्