एनआरएनएको रक्तदान कार्यक्रम सम्पन्न



२६ असोज २०७५, काठमाडौं

गैरआवासीय नेपाली संघको स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनएको रक्तसञ्चार प्रविधि विकास उपसमितिको संयोजन र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा  विभिन्न मुलुकबाट आएका ५० जनाले रक्तदान गरेको संयोजक फणिन्द्र पन्तले जानकारी दिए ।

विभिन्न २७ मुलुकका ४१ जना सदस्य सो समितिमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्