एनआर एनए डब्लु ए को प्रशंसनीय काम



काठमाडौं । गतसालको जुलाई देखि एन आर एन ए डब्लु ए को नेतृत्व शेखर घिमिरेको टिमले लिए देखि प्रभावकारी कार्यक्रमहरु पर्थवासी नेपालीहरुको लागि आयोजना भइरहेको छ ।

नेपालबाट भिजीट भिषामा पर्थमा आएका अभिभावकहरुको बनभोज कार्यक्रम होस वा नेपाली नारीहरुको महान चाड ‘तीज’ वा ‘नेपाली विद्यार्थीहरुको लागि जानकारी मुलक कार्यक्रम’ सबै कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गरेर शेखर घिमिरे नेतृत्वको एन आर एन ए डब्लु ए आम पर्थवासी नेपालीहरुको मन मष्तिस्कमा बस्न सफल भएको छ ।

भर्खरै नेपाली पासपोर्ट नविकरणको लागि घुम्ति शिबिर संचालन गरेर (२०-२८ फ्रेबरी) पश्चिम अष्ट्रेलियावासी नेपालीहरुको पनि साथ र सर्पोट पाएको छ ।

पश्चिम अष्ट्रेलिया सबै क्षेत्रहरुबाट आएका करिब ६००–७०० को संख्यामा नेपालीहरुले पासपोर्ट नबिकरणको लागि आवेदन दिएको कुरा एन आर एन ए डब्लु ए का सचिव किशोर कुँवरले जानकारी दिए ।

एन आर एन ए डब्लु ए का पदाधिकारीहरु शेखर घिमिरे, महेश लामा, किशोर कुँवर, हरिबंश सन्जेल, मिम शुभ गुरुंग, मनिष सिग्देल, बिरेन्द्र उदास, शिल्पा पोखरेल, बिमु लामा, दिपिका श्रेष्ठ लगायतको टिमले १२/१२ घण्टा नै खटेर परराष्ट्र मन्त्रालय काठमाडौंबाट आएका अधिकृत महेश त्रिपाठीलाई सहयोग गरेर मात्रै यत्रो ठुलो संख्यामा आबेदन दिनेहरुको काम गर्न सकिएको एन आर एन ए डब्लु ए का पुर्ब कोर्डिनेटर कृष्णमान श्रेष्ठले बताए ।

सुरुको दिन देखि अन्तिम दिन सम्मै उचित सर सल्लाह दिँदै टिमलाई नै अगाडि बढ्न सहयोग प्रदान गर्ने एन आर एन ए आइ सी सी सल्लाहकार श्री भैरब ढकाल लगायत एकराज साम्पांग , टेक मगर, दिनेश कार्की, कृष्ण मान श्रेष्ठ, होमनाथ निरौला, माधव ढुंगाना लगायतको टिमले उक्त पासपोर्ट नविकरणको लागि आफ्नो अफिस नै प्रयोग गर्न दिने 3E Global Education & Migration को अफिस नै पुगेर एन आर एन ए डब्लु ए को टिमलाई धन्यवाद ब्यक्त गर्दै खुशि साटासाट गरेको थियो।

एकजना सेवाग्राहीले आफ्नो अनुभव सुनाउँदै राहदानी घुम्ति सेवाले आफूलाई धेरै नै सहयोग पुगेको बताए । उनको भनाई जस्ताको तेस्तै :

नमस्कार मेरो नाम सुबास उप्रेती हाल बसोबास (HARRISDALE WA). ह्यारिस्डेल डब्लू ए । (NRNA WA)संस्था लाई धन्यवाद मेरो समस्याको समाधान गर्न मदत गर्दिनु भएकोमा। बिदेशमा रहादानी महत्त्वपूर्ण हुने र झन म्याद सकिने मितिको पनि प्रमुख भुमिका रहँदै गर्दा मेरो राहदानीको पनि मिति दिन प्रती दिन सकिदै जाँदा मानसिक तनाब भएको थियो। एता कार्य-ब्यस्तता उता राहदानीको म्याद अझ राजदुतावासमा धाँउदा हुने हदैसम्मको खर्च सम्झदाँ पनि मनसिक पिडा । एसै बिच ढुङ्गा खोज्दा देउता पाँए झै एक परिचित ब्यक्ति जो ओ एन एफ अष्ट्रेलिया (ONF Australia) संस्थाको उप सचिब हुनुहुन्छ होमनाथ निरौला जि उहाँबाट एन आर एन ए ड्ब्लु ए ले इ-राहदानी नवीकरण सम्बन्धि कार्यक्रम हुने बारेमा थाहा भयो र मलाई उहाँले एन आर एन ए मा आबद्ध आदरणीय ब्याक्तित्व शेखर घिमिरे जी संग यस कार्यक्रमको बरेमा राम्रो जान्ने र फारम भर्ने प्रक्रियाहरु राम्रो संग बुज्ने मौका पाएँ र प्रक्रियाहरु आगाडी बढाउदै गर्दा अरु सहयोग पनि गर्नु भयो उहालाई धन्यवाद दिन चाहन्छु ।

सबै कागज पत्र भने बमोजिम तयार पारि बायोमेट्रिक र फोटो दिन पर्थ सिटी मै सजिलो स्थान जहाँ आफ्नै सवारीसाधनम पनि जनसकिने र सार्बजनिक सवारीसाधन प्रयोग गरेर पनि जन सकिने स्थान । जहाँ पुगेपछी सबै कार्यक्रम सहयोगीबाट पनि सकेको सहयोग प्राप्त भयो मलाई र मेरो सबै कार्यसम्पादन निकै छोटो र कम समयमा सफल भयो ।

मेरो समय र खर्च दुबै बचाइदिनु हुने सबै कार्यक्रम सहयोगी देखि मिम सुब्बा गुरुङ दिदी, घइ कन्सल्टेन्सीका किशोर कुवर, शेखर घिमिरे र होमनाथ निरौला जि लगायत सम्पूर्ण एन आर एन ए डब्लु ए का सदस्यहरुमा फेरि पनि धन्यवाद व्यक्त गर्दछु र आगामी दिनहरु पनि पनि येस्तै सहयोगी कार्यक्रम आयोजना हुनेछ र सहभागी जनाउन पाउने आशा राख्दछु।

प्रतिक्रिया दिनुहोस्