नेपाल आइडल सिजन १ का फस्ट रनर अप निशान भट्टराईको नयाँ गीत सार्वजनिक



२६ असोज २०७५, काठमाडौँ

नेपालमा सर्वाधिक रुचाइएको गायन रियालिटि शो नेपाल आइडल सिजन १ मा आएर सबैको लोकप्रिय बनेर फस्ट रनर अप समेत बनेका निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आइडल सकिएसँगै उनको व्यस्तता पनि बढेको हो । उनले अहिले केहि चलचित्रमा पनि गीतहरु गाइसकेका छन् ।

आर.बी लामाको शब्द संगीत रहेको ‘मंसिर महिनामा’ बोलको गीतमा निशान भट्टराईको आवाज रहेको छ । उक्त गीतमा एलिसा राई र निशान भट्टराईलाई नै फिचरिङ गराइएको छ । यसअघि निशान र एलिसाले भुन्टि गीतमा सँगै काम गरेका थिए । उक्त गीतलाई दर्शकले अत्यन्तै रुचाइदिएका थिए । भुन्टि जस्तै यो गीत पनि निकै रमाइलो शैलीको रहेको छ । यो गीतमा निशान र एलिसाको निकै मिलेको जोडि देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्