अजयले सार्वजनिक गरिदिए आफ्नी श्रीमती काजोलको नम्बर



१० असोज २०७५, काठमाडौँ

बलिउडमा निकै चर्चा कमाएको जोडिमध्ये काजोल र अजयको जोडि पनि एक हो । उनीहरु चलचित्रको पर्दामा मात्र नभएर वास्तविक जन्दिगीमा पनि निकै रुचाइएका जोडि हुन् । यी दुवै चलचित्र क्षेत्रका भएकाले यिनले एकसाथ थुप्रै चलचित्रमा काम पनि गरिसकेका छन् ।

अहिले सामाजिक सञ्जालमा काजोल र अजयको एउटा समाचार भाइरल भैरहेको छ । बलिउडका सेलेब्रेटिहरु आफ्नो पर्सनल नम्बर आफ्ना साथीभाईसँग मात्र सेयर गर्दछन् । उनीहरुले आफ्नो नम्बर आफ्ना फ्यानहरुलाई आफ्नो नम्बर दिदैँनन् । तर अजयले भने आफ्नी श्रीमतीको नम्बर उनको ट्युटर अकाउन्टमा हालिदिए ।

काजोलका फ्यानहरुले त्यो देखेर निकै खुसी भएका थिए । तर पछि थाहा भयो कि अजयले काजोलका फ्यानहरुसँग मजाक मात्र गरेका रहेछन् । उनले आफूले पहिले साथीहरुसँग त्यसरी नै मजाक गर्ने गरेकाले काजोलको फ्यानहरुसँग पनि त्यस्तै मजाक गरेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्