हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’को आज जन्मदिन



०४ असोज २०७५, काठमाडौं

वि. सं २०४० मा बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो सन्तानका रूपमा सोलुखुम्बुमा जन्मेका हाँस्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ ले आज आफ्नो ३५ औं जन्मदिन मनाउदै छन् ।

शुभचिन्तक, साथीभाई तथा आफन्तहरुले विहानैदेखि सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिइरहेका छन् । मेरी बास्सै निर्माणकै क्रममा धुर्मुसले आफ्नो जोडीको रुपमा देखिएकी कुञ्जना घिमिरे(सुन्तली)सँग विवाह गरेका थिए । हाल धुर्मुस सुन्तली दम्पतीको एक छोरी समेत रहेको छ ।

भूकम्पपछि सामाजिक काममा सक्रिय रहेका धुर्मुस सुन्तलीले “धुर्मुस सुन्तली फाउण्डेशन” स्थापना गरी काभ्रेको डाँडागाउँमा एकीकृत बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा नमुना बस्ती, महोत्तरीको बर्दिबासमा मुसहर बस्ती, रौतहटको सन्तपुरमा एकीकृत दलित बस्ती बनाइसकेका छन् । अहिले धुर्मुस सुन्तली क्रिकेट रंगशाला बनाउन जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्